बालिका बलात्कार गरी एक युवा फरार
चौदण्डिगढी, जेष्ठ २३ गते ।
उदयपुरको शनिबारेमा बालिका बत्कार गरी एक युवक फरार भएको छ । चौदण्डीगढी नगरपालिका – ३ शनिबारे निबासी ३६ वर्षिय देव बहादुर राईले १२ वर्षिय बालिकालाई बलत्कार गरी फरार भएको होे ।
गत राती मोवाईल किनि दिने प्रलोभनमा पारी राती करिब ११ बजे आफ्नै घरमा लगि जबरजस्ती बलत्कार गरेको प्रहरीको जाहेरीमा उल्लेख गरीएको छ । राईको घरमा कोहि नभएको बेला बालिकालाई घरमा ल्याई बलत्कार गरेको जाहेरीमा उल्लेख छ ।
केहि वर्ष देखि दिदी भेनाजुको घरमा बसी स्थानिय विद्यालयमा अध्ययन गर्दै आएका बालिकालाई जबरजस्ती बलत्कार गरेको पिडित पक्षले बताएका छन् ।
विहानी पख ओछ्यानमा नभेटिएपछि दिदी भेनाजुले होहल्ला गरि खोज्ने क्रममा राईको घरमा फेला पारेको थियो । गाउँ समाजामा घटनालाई मिलाउने कोशिस गएपनी पिडीत पक्ष नमानेपछि घटना प्रहरी कहा पुगेको प्रहरीले जनाएको छ ।
पिडित पक्षले ईलाका प्रहरी कार्यालय...









