आत्मा रक्षाका लागि किसोरीहरुलाइ ३ दिने प्रशिक्षण
गाईघाट/असार, २३
समाजमा दिनहु मलिाहरु प्रति घट्ने घटनाले किसोरी महिलाहरुमा डर त्रासहरु बढिरहेको अवस्था छ । देशमा हत्या, हिंसा, बलत्कार, लुटपाट जस्ता बढ्दो घटनाहरुको दिन प्रतिदिन महिलाहरु सिकार भईरहेको भन्दै राष्ट्रिय खेलकुद परिषदको आयोजना ताथ जिल्ला खेलकुद विकास समिति उदयपुरको व्यवस्थापनमा ३ दिने महिला क्षमता अभिबृद्धि प्रशिक्षण कार्यक्रम गरेको हो ।
किसोरी महिलाहरु अहिलेको अवस्थामा बढी असुरक्षित भईरहेको कारण आफ्नो आत्मा वलको क्षमता बृद्धि गर्ने र कुनै पनि टेक्निकल उपायहरु बाट त्यस्ता घटनाको तत्काल सामना गरी सुरक्षि अवस्थामा पुग्न प्रशिक्षण गराईएको व्यवस्थापक तथा टेक्निकल प्रशिक्षक प्रकास राईले बताए ।
देशै भर यस्ता घटनाहरु बढ्दो रुपमा मौलाईरहेको भन्दै ७५ ओटै जिल्लाहरुमा कार्यक्रम राखिएको राईले बताए । प्रशिक्षण कार्यक्रममा १५० जना भन्दा बढी किसोरी महिलाहरुले सहभागीता जन...









