Tuesday, July 7News That Matters

समाचार

गाउँघरका आम्दानीको स्रोत बाँस

गाउँघरका आम्दानीको स्रोत बाँस

आर्थिक, समाचार
उदयपुर, चैत्र २० गते । विकट पहाडी गाउँघरमा सडकको पहुँच पुगेपछि उदयपुरको स्थनिय बासीहरुका आम्दिानीको स्रोत बाँस बन्दै गएका छन् । दर्गम गाउँपालिका लिम्चुङ्बुङको गाउँघरमा विकासका भौतिक पूर्वधार सडक पुगेपछि कुहिएर खेर गैरहेका बाँस आम्दिानीको स्रोत बनेका हुन् । स्थानिय सरकारले गत आर्थीक वर्षमा गाउँ गाउँमा सडक गोरेटो पु¥याएको थियो । त्यस सडकलाई मर्मत सुधार र घुम्तिहरु फराकिलो बनाएपछि हिउँदे भएपनि गाउँमा यातायातको सुविधा पुगेको पालिकाले जनाएको छ । गाउँमा यातायातको पहुच पुगेपछि त्येतिकै कुहिएर खेर गईरहेका बाँस गाउँलेको एक मुख्य आम्दानीको स्रोत बनेको लिम्चुङ्बुङ गाउँपालिका वडा नं ३ का वडासदस्य गुरुमणी कुमाइले बताए । गाउँमा बाँस बार बार्न र दाउरा बाल्न भन्दा अरु काममा कमै प्रयोग गर्ने गरेको कुमाइले बताए । स्थानिय सरकारले सडक विस्तार तथा मर्मत सुधार गरेपछि जनतालाई सदरमुकाम आवत जावत...
रुखबाट लडेर एक जनाको मृत्यु

रुखबाट लडेर एक जनाको मृत्यु

समाचार
उदयपुर, चैत्र १८ गते । उदयपुरको सिद्धिपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चौदण्डिगढी नगरपालिका–८ सिद्धिपुरका ३५ वर्षीय कुमार राईको रुखबाट लडेर सोमबार मृत्यु भएको हो । घर नजिकैको जंगलमा घाँस काट्न रुखमा चढेका राई अचान रुखबाट लड्दा गम्भिर घाइते भएको थियो । विहान करिब ११ बजे लडेका राईलाई उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगि उपचारको क्रममा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ...
चौदण्डिगढीको सार्वजनिक सुनुवाई सम्पन्न

चौदण्डिगढीको सार्वजनिक सुनुवाई सम्पन्न

समाचार
उदयपुर, चैत्र १८ गते । चौदण्डिगढी नगरपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई गरेको छ । पालिकाको आयोजना र पानस उदयपुरको सहजीकरणमा वडा नं ४ को सभाहमा आइतबार सार्वजनिक सुनुवाई गरेको हो । कार्यक्रममा सहभागिहरुबाट आएका सल्लाह सुझाव र प्रश्नको उत्तर दिदै दिगो विकासका लागि नरपालिका सधै तयार रहेको चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए । नगरले जनताको सेवालाई मध्ये नजर गर्दै चुस्त दुरुस्त र पादर्शी ढङ्गले विकासको काममा लागि पेरेको  राईले बताए । विकासको काममा सवैको उतिकै हात हुने भएकाले एकजुट भएर दिगो विकासको काममा लाग्नु पर्ने राईले बताए । कार्यक्रममा जनप्रतिनिधि, राजनीति दल, पत्रकार र नागरिकहरु सहभागि भएका थिए ।...
सबैभन्दा अग्लोस्थानमा लिम्चुङबुङ महोत्सव हुने, हेलीबाट हलेसीमा पुष्पबृष्टि गरिने

सबैभन्दा अग्लोस्थानमा लिम्चुङबुङ महोत्सव हुने, हेलीबाट हलेसीमा पुष्पबृष्टि गरिने

पर्यटन, समाचार
उदयपुर, चैत १७ गते । “एभ्रेष्ट भ्यूटप भैचुङ – पर्यटनको केन्द्र लिम्चुङबुङ” भन्ने नाराका साथ उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पहिलोपटक हुन लागेको सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव बारे आइतबार पत्रकार सम्मेलन सम्पन्न भएको छ । एभ्रेष्ट भ्यूटप पर्यटन विकास समितिको आयोजनामा हुने महोत्सवलाई भब्यरुपले सम्पन्न गराउने उद्देश्यका साथ तयारीका विविध कार्यका साथ पत्रकार सम्मेलन गरिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नयाँवर्ष २०७६ को अवसरमा बैंसाख १ देखि पाँचदिनसम्म महोत्सव आयोजना हुनेछ । महोत्सवमा खास आकर्षण मौलिक सांस्कृतिक प्रदर्शनी, लोकप्रीय र चर्चीत गीतसंगीतका हस्तीहरुको उपस्थिति र प्रस्तुती, खेलकुद, हाँस्यब्यंग्य र साहित्व हुनेछन् । आकर्षणको रुपमा हेलिकेप्टरसमेत  लैजाने र उद्घाटनमा सप्तकोशीको पानी उठाई हेलेसीधाममा चठाएर पुष्पबृष्टि गर्ने योजनासमेत रहेको जनाइएको छ । टि...
बेल्टारमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बेल्टारमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

समाचार
उदयपुर, चैत १७ गते । चौदन्डिगढी नगरपालिका वडा नम्बर ७ सिटिहलमा आधारभूत पत्रकारिता तालिम बिहिवार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ उदयपुरको समन्वय, नगरपालिकाको सहयोग र चौदण्डिगढी मिडिया प्रा। लि।को आयोजनामा तालिम भएको हो । तालिममा २५ महिलासहित ३५ जना सहभागी थिए । तालिमको प्रमुख प्रशिक्षण नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष तथा पूर्णपुष्टिका सम्पादक भोटराज राईले गरेका थिए । सहभागिहरुलाई समापन कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षकहरुलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख खगेन्द्र राईले पत्रकारिताको महत्त्व धेरै रहेको भन्दै यसको धर्म र मर्मभित्र रहेर भुमिका खेल्नु पर्ने बताए । पालिकाका युवाहरुलाई रोजगारीको व्यवस्था मिलाउने काममा अगाडि बढेको भन्दै पत्रकारितामा पनि केहीले रोजगारी पाउने बताए । उपमेयर रिता चौधरीले सहि सत्यान कुरा...
द्वन्द्वपिडित सुरक्षाकर्मी परिवारद्वारा दीप प्रज्वलन

द्वन्द्वपिडित सुरक्षाकर्मी परिवारद्वारा दीप प्रज्वलन

समाचार
उदयपुर, चैत १६ गते । द्वन्द्वपिडित सुरक्षाकर्मीहरुलाई राज्यले सहिद घोषणा गरेकोमा सोको स्वागत गर्दै पिडित परिवारहरुले उदयपुरमा दिप प्रज्वलन गरेका छन् । द्वन्द्वपिडित सुरक्षाकर्मी परिवारहरुको आयोजनामा जिल्ला प्रहरी कार्यालय परिषरमा रहेको सहिद स्तम्भमा दीप प्रज्वलन गरिएको हो । प्रहरी अधिकृत लगायत बिभिन्न दर्जा, नागरिक समाज, अधिकारकर्मीहरुको उपस्थितिमा गरिएको कार्यक्रमले द्वन्द्वपिडित सुरक्षाकर्मीे परिवारलाई न्याय पाएको गरेका छन् । यो न्याय सहजरुपमा भने पाएका होइनन् । ३३ दिन लामो आन्दोलनपछि मिलेको हो ।...
पत्रकारहरुले गरे दिप प्रज्वलन

पत्रकारहरुले गरे दिप प्रज्वलन

समाचार
उदयपुर, चैत्र १६ गते । देशैभर विभिन्न कार्यक्रम गरि मनाई रहेको नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवस उदयपुरमा पनि दिप प्रज्वलन गरि मनाइएको छ । पत्रकारहरुको उपस्थितिमा गाईघाटको मेनचौकमा ६४ अंकित गरि दिप प्रज्वलन गरिएको थियो । नागरिक समाज र मानब अधिकारकर्मीहरुको समेत उपस्थिति थियो । व्यावसायिक र मर्यादित नेपाली पत्रकारितालाई उचाईमा पुरयाउन र पत्रकारहरुको जिबिकोपार्जनको ग्यरेन्टी गर्न राज्यको दायित्व रहेको भन्दै पुरा गर्न माग गरिएको थियो ।...
माटोको ढिस्कोले पुरीदा १ को मृत्यु २ घाइते

माटोको ढिस्कोले पुरीदा १ को मृत्यु २ घाइते

समाचार
उदयपुर, चैत्र १६ गते । उदयपुरको सिरवानीमा माटोको ढिस्कोले पुरीदा एक को मृत्यु दुई जना घाईते भएको छ । कटारी नगरपालिका–११ सिरवानीमा हाई स्टेशन पोलको खाल्टो खन्दा माटोको ढिस्कोले पुरीदा एकको मृत्यु दुई जना घाईते भएको हो । सोलु करिडरको ३२ केवी प्रशारण लाईनको हाई स्टेशन फलामे पोल गाड्न खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले पुरीएको प्रहरीले जनाएको छ । प्रशारण लाईनको हाई स्टेशन पोलका ठेक्का आरडी ग्रूपले लिएको छ । उनिहरु यस कम्पिनीमै काम गर्दै आएका थिए । कनपा–११ सिरवानी निबासी २८ वर्षीय लिलबहादुर विकको घटना स्थलमै मृत्यु भएको थियो । सिरवानी निबासी ३० वर्षीय तेजबहादुर विक गम्भिर घाइेते भएको छ । भने कनपा–१० निबासी सुर्यप्रसाद खनाल सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घाइतेहरुलाई कटारी अस्पतालमा उपचार भईरहेको छ । भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको ...
रुखबाट लडेर एक जनाको मृत्यु

रुखबाट लडेर एक जनाको मृत्यु

समाचार
उदयपुर, चैत्र १६ गते । भोजपुरका जरायोटारको जंगलमा घाँस काट्न रुखमा चढ्दा लडेर एक जनाको मृत्यु भएको छ । अरुण गाउँपालिका–६ जरायोटारका ६५ वर्षीय चन्द्र बहादुर श्रेष्ठ घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो । नजिकैको जंगलमा घाँस काट्न भनि रुखमा चढ्दा विहान करिब ११ बजे लडेर गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लाने क्राममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
मोवाईल पत्रकारीता तालिम सम्पन्न

मोवाईल पत्रकारीता तालिम सम्पन्न

Breaking News 1, समाचार
बिक्रम राई  उदयपुर चैत्र/१५   उदयपुरमा सञ्चालित महिला हिंसा सम्बन्धि ३ दिने मोवाईल पत्रकारीता ( मोजो ) तालिम शुक्रबार होटल हिमालयमा सम्पन्न भएको छ । संञ्चारिका समूहको आयोजना तथा, (युएनएफपीए) को सहयोगमा संञ्चालन भएको तालिम उदयपुरमा पहिलो पटक गरिएको हो । सञ्चारको दुनियामा छिटो र छरितो बिधिबाट जनतालाई समचार प्रवाह गर्ने मोवाई माध्यम बनेको भन्दै जुनसुकै अवस्थामा जुनसुकै ठाउँको घटनालाई तत्काल सम्प्रेशन गर्न सक्ने क्षमता बृद्धिका लागि तालिम संञ्चालन गरिएको संञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले बताईन् । लैङगिक हिसां अहिले समाजमा व्याप्त भएको र यसमा महिलाहरुले धरै समस्या भोगिरहेको भन्दै सञ्चारको क्षेत्रबाट कस्तो भुमिका खेल्ने भन्ने कुरालाई जोडेर मोवाईल पत्रकारीता तालिम आयोजना गरेको पनि पण्डितले बताईन् । तालिमले बिषेश गरी प्राविधीक प्राक्टीकलमा जोड गरेको छ । मोवाईलबाटै ...