Tuesday, July 7News That Matters

समाचार

साईड दिदा च्यापिएर सहचालकको मृत्यु

साईड दिदा च्यापिएर सहचालकको मृत्यु

समाचार
उदयपुर, माघ २८ गते । उदयपुरको कटारीमा बसले मोटरसाईकललाई साईड दिदा सहचालकको मृत्य्ु भएको छ । कटारी नगरपालिका ५ सिसाघारीमा यात्रुबाहक बसले मोटरसाइकललाई साईड दिदा विजुलीको पोलमा च्यापिएर सहचालको मृत्यु भएको हो । नेपालटारबाट कटारी तर्फ जाँदै गरेको ना ५ ख ३८८४ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको मोटरसाईकललाई साईड दिनेक्रममा बस बिजुलीको पोल च्यापिन पुगेको थियो । सहचालक उदयपुरगढी गाउँपालिका ३ निबासी २१ बर्षीय रोशन कार्कीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । पोलमा च्यापिएर गम्भीर घाइते भएका कार्र्कीलाई उपचारको लागि कटारी अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५ सुरु

प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५ सुरु

समाचार
उदयपुर, माघ २८ गते । नेपालमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय बेटी सम्मलेन २०७५ उदयपुरमा सुरु भएको छ । गाईघाटमा महिला हिंसालाई अन्त्य गर्ने उद्देश्यले प्रथम राष्ट्रिय बेटि सम्मेलन २०७५ आईतबार देखि सुरु भएको हो । समानता, समावेसी मानव अधिकारका लागी “सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔ चेलीबेटी शसक्तिकरणको हतियार” भन्ने मुल नाराको साथ प्रथम पटक राष्ट्रिय बेटी सम्मेलनको आयोजना गरिएको थियो । छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठान गरी सात वटै प्रदेशमा महिला अंकित स्तम्भ निर्माण गर्ने लक्ष्य रहेको आयोजक मासवेसले जनाएको छ । छोरा छोरी दुवै बराबरी भने झैँ छोरीलाई पनि छोरा समान अधिकार जुन शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मनिर्भरतालाई उठान गर्ने लक्ष्य लिएर नेपालमै पहिलो पटक बेटी सम्मेलन गरिएका आयोजक मुलधार महिला सेवा केन्द्र...
माघे पानिले कृषक हर्षीत

माघे पानिले कृषक हर्षीत

समाचार
उदयपुर, माघ २७ गते । समयमै पानि परेपछि उदयपुरका कृषकहरु सहि समयमा पानी परेको भन्दै हर्षीत भएका छन् । जलवायु परिर्वतनका कारण समयमा पानी नपर्नाले बाली नाली लगाउनमा आउने समस्या माघे पानीले हटाएको भन्दै कृषकहरु हर्षीत भएका हुन् । समयमै पानी परेपछि जिल्लाकै विकट गाउँपालिका लिम्चुङ्बुङ, रौतामाई, ताप्ली लगायतका गाउँपालिका र नगरपालीकाका कृषकहरु हर्षीत भएको हो । उच्च पहाडी भेगमा फागुनको दोस्रो सातादेखी मकै छर्न सुरु गरिने भएकाले गत वर्षहरुमा पानी नपर्ने समस्याले सताउँदै आएको थियो । तर यसपाली भने माघमा पानी परेपछि जमिन राम्रो सँग भिज्न पाएको छ । करिब ५ महिना पछि परेको पानीले कृष बालीलार्ई अति राम्रो गरेको कृषकहरु बताउँछन् । पहिले पहिले कम्तिमा पनि एक पटक महिनामा माटो गलुन्जेले पानी पथ्र्यो । तर आज भोलि वर्षायाममा पनि प¥याप्त पानी नपरि खडेरी लाग्नाले अन्नबाली उब्जाउमा समस्या आउँद...
एक दशक पछि उदयपुरमा वर्षीयो हिउँ

एक दशक पछि उदयपुरमा वर्षीयो हिउँ

समाचार
उदयपुर, माघ २६ गते । उदयपुरको उत्तरी भेगका उच्च पहाडी क्षेत्रमा पानी सँगै हिउँ परेको छ । जिल्लाको उच्च उत्तरी भालेवास, चित्रेथाम, माझाखर्क, दोबाटे आसपासको डाँडाहरुमा पानी सँगै शनिबार हिउँ परेको हो । लिम्चुङ्बुङ र रौतामाई गाउँपालिकाको उक्त डाडाहरुमा पानी सँगै हिउँ परेका छन् । करिब एक दशक पछि उक्त स्थानहरुमा बाक्लो हिउ परेको हो । पानी सँगै बाक्लो हिउ परेपछि अन्नबाली उत्पादन बृद्धि हुने भन्दै किसानहरु हर्षीत भएका छन् । ठिक समयमा पानी हिउ पर्नाले समयमै बालीनाली लगाउन पाईने र राम्रो फल्ने स्थानियहरु बताउछन् ।...
राईड टु कोशीटप्पु सुरु

राईड टु कोशीटप्पु सुरु

समाचार
उदयपुर, माघ २६ गते । देशैभरका साईकल यात्रीहरुको जमघटकाबीच उदयपुरमा आज “राईड टु कोशीटप्पु २०७५” आयोजना भएको छ । कार्यक्रम अन्तर्गत दुईदिनसम्म साईकल यात्रा गरी सदरमकाम गाईघाटदेखि कोशीटप्पुसम्मका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण हुनेछ । कैलालीका यमलाल रसाईली र काठमाडौंका युवक लामा एउटा मात्र खुट्टा भएका दुई प्यारा साईक्लिष्टसहित डेडसय जना यात्रामा सहभागि छन् । सबैभन्दा जेष्ठ उमेरका नेपाली सेनाका पूर्व सेनापती गौरबसमसेर जबरा र सबैभन्दा सानो उमेरका गाईघाटका ८ वर्षिय सुभम श्रेष्ठले पनि भाग लिएका छन् । उदयपुरको तीनओटा नगरपालिकाका मूख्य पर्यटकीय स्थलहरु र कोशीटप्पु क्षेत्रको विशेष भ्रमण गर्नेछ । उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नं. बाहिनीको संयुक्त आयोजनामा भएको कायृक्रमले जिल्लाको पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुर्याउनेछ । साथै स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माणमा महत...
राजमार्गको कालोपत्रेमा सबत्र चासो र निगरानी

राजमार्गको कालोपत्रेमा सबत्र चासो र निगरानी

समाचार
उदयपुर, माघ २५ गते । स्थानीय जनतालाई अन्यौलमा राखेर मापदण्डविपरित राष्ट्रिय गौरबको आयोजना मदन भण्डारी राजमार्गको कालोपत्रे काम भएको जनताका गुनासो आएपछि सर्बत्र चासो बढेको छ । यसैक्रममा स्थानीय प्रशासन र सडक आयोजनाले स्थलगत अनुगमन तथा निरिक्षण गरेको छ भने स्थानीयको थप चासो र निगरानी बढेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की र आयोजना प्रमुख इन्जिनियर ललितजंग खनाल सहितको टोलीले बिहिबार स्थलगत अनुगमन तथा निरिक्षण गर्नुभएको हो । सडकको कालोपत्रे काम के, कति र कसरी र कुन मापदण्डमा गर्ने भन्ने बारे स्थानीयलाई जानकारी नदिई सडक आयोजना र ठेकेदार कम्पनी जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सनले काम अगाडी बढाएपछि जनताले विरोध जनाएका थिए । पहिले चौडाई ११ मिटर हुने भनिएपनि १० मिटर मात्र काम भएपछि उनीहरुले विरोध जनाएका थियो । स्थलगत निरक्षणमा पुगेका सडक आयोजनाका प्रमुख इन्जिनियर खनालले...
विश्व सम्पदा सूची जानकी मन्दिर

विश्व सम्पदा सूची जानकी मन्दिर

समाचार
विश्व सम्पद सुचिमा जनकपुरको जानकी मन्दिरलाई राखिने भएको छ । नेपालको पुरातत्व विभाग र युनेस्कोबाट आएका टोलीले जनकपुरधामलाई विश्व सम्पदा सुचिमा राखिने भएको हो । टोलीले उप–महानगरपालिकाका प्रमुख लालकिशोर साह सँग मान्दिरको विषयमा छलफल गरेको थियो । मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न धेरै प्रक्रिया पूरा भए पनि केही प्रक्रिया बाँकी रहेको टोलीले जानकारी दिएको प्रमुख साहले बताए । सूचीमा सूचीकृत गराउन मन्दिरको पूर्वाधार सम्बन्धी पुस्तक दिई सोहि बमोजिम बाँकी रहेको प्रक्रिया छिटै पूरा गर्न आग्रह गरेको साहले बताए ।...
उदयपुरमा पनि कांग्रेसको विरोध कार्यक्रम

उदयपुरमा पनि कांग्रेसको विरोध कार्यक्रम

समाचार
उदयपुर, माघ २१ गते । उदयपुरमा पनि नेपाली कांग्रेसले विरोध कार्यक्रम गरेको छ । सदरमुकाम गाईघाटमा कांग्रेसले बृहद र्याली गर्दै विरोध प्रदर्शन गरेको हो । सरकार विरोधी कडा नाराजुलुसका साथ र्याली प्रदर्शन भएको थियो । उनीहरुले चिकित्सा शिक्षा विद्येयक सम्झौता अनुसार लागू गर, निर्मलाको हत्यारा सार्बजनिक गर, महंगी र भ्रष्टाचार अन्त्य गर, संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी भएको थियो । कांग्रेस पार्टी कार्यालयबाट निस्केको र्यालीले पिपलचौक हुदै विपीचौक–पिजीचौक–फुलचौक–प्रतिभाचौक–डिएमगेट–टेम्पोचौक–मेनचौक परिक्रमा गरेको थियो । र्याली परिक्रमापछि पिपलचौकमै पुगेर कोणसभा भएको थियो । कोणसभालाई विभिन्न कांग्रेस नेताहरुले सम्बोधन गर्दै सरकारको चर्को आलोचना गरेको थियो । सरकारले जनताको आवश्यकता र भावना अनुरुप काम गर्न नसकेको भन्दै उनीहरुले आलोचना गरेका थिए । स्थानीय प्रशासनले उच्च सुरक्षा व...
मदन भण्डारी राजकार्मको पिच बनाउने काम मापदण्ड विपरित ः आर्थिक चलखेलको आरोप

मदन भण्डारी राजकार्मको पिच बनाउने काम मापदण्ड विपरित ः आर्थिक चलखेलको आरोप

समाचार
उदयपुर, माघ २१ गते । राष्ट्रिय गौरबको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गको उदयपुरको सदरमुकाम खण्डमा हुदै गरेको निर्माण कार्य मापदण्ड विपरित भएपछि स्थानीयले विरोध जनाएका छन् । त्रियुगा नगरपालिका–७ चुहाडे क्षेत्रमा आजबाट सुरु सडक कालोपत्रेको काम चौडाई ११ मिटर हुनुपर्नेमा १० मिटरमात्र भएपछि स्थानीयले विरोध जनाएका हुन् । विगतमा स्थानीयसंग जग्गा लिँदा र आयोजना संझौतामै सरकारले ११ मिटर कालोपत्रे गर्ने भनेकामा स्थानीयको आँखाछल गर्दै सडक आयोजना र ठेकेदार कम्पनी जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सनले मापदण्ड विपरित काम गरेको हो । चुहाडे चोक आसपासमा करिब १५ सय मिटर सडकमा यस्तो हर्कत देखिएको हो । त्यस क्षेत्र बाहेकका ठाउँमा ११ मिटरको काम हुने तर आप्mनो ठाउँमा १० मिटरमात्र भएपछि स्थानीयको चित्त नबुझेको हो । उनीहरुले ११ मिटर नै कालोपत्रे नभए आन्दोलन गर्ने स्थानीय राजश कार्कीले बताए ...
शान्तिलाई उपचार खर्च सहयोग जुट्न सुरु

शान्तिलाई उपचार खर्च सहयोग जुट्न सुरु

समाचार
उदयपुर, माघ २० गते । उदयपुरका त्रियुगा बोक्से नयाँबस्तीकी बोनम्यारो पिडित शान्ति राईलाई विष्णुकुमार राईको पहलमा केहि सहयोग जुटेको छ । त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्ती निबासी २१ वर्षीय पिडित शान्तिको उपचार खर्चका लागि केहि सहयोग जुटेको हो । विष्णुकुमार राईको विशेष पहलमा उठेको रकम पिडित शान्तिकै घरमा पुगी शान्ति राई बचाउ अभियान समितिको अध्यक्ष ज्ञान बहादुर राई, कोषाध्यक्ष प्रेम कुमार राई, नेपाल पत्रकार महासंघ उदयपुर शाखा उपाध्यक्ष भोटराज राई, युवा समाजसेवी विष्णुकुमार राईले संयुक्त रुपमा ५५ हजार २ सय ५ रुपैया रकम हस्तान्तरण गरेको थियो । चिने जानेका साथी भाईहरुलाई शान्तिको लागि सहयोगको अनुरोध गर्दा विदेशबाट पहल गरि सहयोग गर्नेहरुमा नवराज राई त्रिनपा १४ निबासी हाल दुवाई २३ हजार ९ साय १७ रुपैया, दिनेश मगर त्रिनपा १४ निबासी हाल कोरीया १२ हजार, खिलराज राई रौतामाइ गाउपालिका वड...