Tuesday, July 7News That Matters

समाचार

मृगौला पिडितलाई यातायात व्यावसायीको सहयोग

मृगौला पिडितलाई यातायात व्यावसायीको सहयोग

समाचार, स्वास्थ्य
सिंह चाम्लिङ राई उदयपुर, कात्तिक २८ उदयपुरको एक मृगौला पिडित कृष्ण मगरातीलाई यातायात व्यावसायी केन्द्रले सहयोग गरेको छ । त्रियुगा नगरपालिका वडा नं १० बोक्से निबासी मगरातीलाई उदयपुर हिमाली यातायात व्यावसायी केन्द्रले बुधबार २५ हजार सहयोग गरेको हो । उनको दुबै मृगौला काम नलाग्ने भएको छ । केन्द्र मार्फत चल्ने सल्ले–भुट्टार र फोक्सिन्टार–रसुवा रुटको २५ वटा बसले संयुक्त रुपमा २५ हजार मगरातीलाई सहयोग गरेको हो । मानवीय धर्म र यातायात मजदुर रहेकोले प्रत्येक गाडीबाट सहयोग संकलन गरि सहयोग गरेको उदयपुर यातायात व्यावसायी केन्द्र दुर्घटनाबारे हेर्ने समितिका सह संयोजक मेम विकले बताए । काठमाण्डौ र विराटनगरमा डाईलासिस् गर्दै आएका मगरातीले मृगौला प्रत्यरोपन गर्न १३ लाख खर्च हुने बताए । मगरातीले भने डाईलासिस् गराउन त धौधौ भएको बेला कहाबाट १३ लाख ल्याउ ? घरको आर्थिक स्थिती नाजुक भएकोले सहयोगी हातहर...
बालिकाको बलात्कारपछि हत्या, प्रहरी अपराधि नजिक पुग्यो

बालिकाको बलात्कारपछि हत्या, प्रहरी अपराधि नजिक पुग्यो

समाचार
उदयपुर, कात्तिक २७ गते । देशभर बालिका बलात्कारपछि हत्याको घटना दोहोरिरहेको अवस्थामा उदयपुरमा पनि अर्को त्यस्तै जघन्य घटना घटेको छ । उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ३ लाफागाउँकी १३ वर्षिया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या भएको हो । गएको सनिबार घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी एल्जिनाको जंगलमै बलात्कारपछि हत्या भएको थियो । साँझसम्म पनि घर नफर्किएपछि उनको रातभर खोजि भएको थियो । रातभरमा पनि केही पत्ता नलागेपछि भोलीपल्ट विहानैदेखि घरपरिवार, गाउँलेहरु सयौंको संख्याले खोज्दा दिउसो जंगलको घारीमा सब फेला परेको थियो । परिवार तथा स्थानीयले अर्धनग्न अवस्थामा र घाँटी थिचेको, मुखमा न्यापकिन (कागज) मुखमा खाँदेको, शरीरका विभिन्न भागमा निलडाम रहेको अवस्थामा शब फेला परेको र यौनाङ्ग र मलद्वारसमेत छेदन भएको अवस्थामा रहेकाले उनको बलात्कार हत्या भएको दाबी छ । सामुहिक बलात्कार पछि हत्या...
बलत्कार हत्या काण्ड ः थप एक प्रहरी नियन्त्रण

बलत्कार हत्या काण्ड ः थप एक प्रहरी नियन्त्रण

समाचार
उदयपुर/कात्तिक २७ गते । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको हत्याको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रण लिएको छ । बालिकाको हत्यामा संलग्न रहेको आशंकामा स्थानिय पाँच युवाहरुलाई सोधपुच्छ तथा अनुसन्धानका लागि सोमबार प्रहरीले नियन्त्रणमा लिएको थियो भने गए राती थप अर्का एक जनालाई प्रहरीले नियनत्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरुलाई बयानका लागि सोधपुच्छ तथा अनसन्धान भईरहेको प्रहरीले जनाएको छ । धरान लगिएको बालिकाको शव अजै पोष्टमार्टम हुने प्रहरीले जनाएको छ । पोष्टमार्टम पछि शव परिवारलाई जिम्मा लगाईने जनाएको छ ।...
बालिकाको हत्याको आशंकामा पाँच युवा पक्राउ

बालिकाको हत्याको आशंकामा पाँच युवा पक्राउ

समाचार
उदयपुर/कात्तिक २७ गते । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको हत्याको आशंकामा प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ । बालिकाको हत्यामा संलग्न रहेको आशंकामा स्थानिय युवाहरुलाई सोध पुच्छको लागि सोमबार प्रहरीले पक्राउ गरेको हो । घटनाको अनुसनधानमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरिक्षक (डिएसपी) अर्जुन रानाभट्टको नेतृत्वमा गएको प्रहरी टोलीले घटनामा संलग्न भएको आशंकामा सोधपुच्छको लागि पाँच युवा नियन्त्रणमा लिएको जिप्रका उदयपुरको प्रमुख प्रहरी उरिक्षक (एसपी) चन्द्रदेव राईले बताए । घटनाको प्रारम्भिक अनुसनधान पछि तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले शव देखि केहि मिटर पर खोल्सामा घटना घटेको हुन सक्ने अनुमान गरेको छ भने बालिकाको चप्पल फेला परेको प्रहरीले जनाएको छ । ईकाई प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर सहितको प्रहर...
प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्दा प्रहरी हस्तक्षेप

प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्दा प्रहरी हस्तक्षेप

समाचार
उदयपुर, कात्तिक २६ गते । नेपाल विद्यार्थी संघले उदयपुरमा सोमबार साँझ गरेको प्रधानमन्त्रीको पुत्लादोहनसहितको विरोध प्रदर्शनमा एक सुरक्षाकर्मी र एक प्रदर्शनकारी घाइते भएका छन् । नेविसंघका कार्यकर्ताहरुले गाईघाटको लोकतान्त्रिक चौकमा प्रधानमन्त्रीको पुत्ला जलाउन लाग्दा प्रहरीले हस्तक्षेत्र गरेको थियो । हस्तक्षेपका क्रममा आगोको पुल्ठो खोसाखोसमा सशस्त्र प्रहरीका हवल्दार लक्ष्मणबहादुर श्रेष्ठ र नेविसंघ जिल्ला सदस्य प्रल्हाद खत्री घाइते भएका हुन् । पेट्रोलसहितको आगोको पुल्ठोले आँखामा असर पर्नेगरी जलेको छ भने कार्यकर्ता खत्रीको दुबै हात जलेर चोट लागेको छ । घाइते दुबैको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । काभ्रेका नेविसंघ कार्यकर्ता पक्राउको विरोध गर्दै प्रदर्शन भएको थियो ।...
ट्याक्टर दुर्घटनामा तीनको मृत्यू

ट्याक्टर दुर्घटनामा तीनको मृत्यू

समाचार
उदयपुर/कात्तिक २५ गते । उदयपुरको बेलकामा बनभोज खाएर फर्केको ट्याक्टर दुर्घटना हुदा तीनको मृत्यु भएको छ । बेलाका नगरपालिका ८ स्थित रङगमहल उकालकोमा स १ त ५८५० नम्बरको ट्याक्टर दिउँसो ४ः३० बजे दुर्घटना हुदा तीनको मृत्यु ३४ जना घाईते भएको हो । सप्तकोशीमा बनभोज (पिक्नीक) खाएर फर्कने क्रममा धरान चतरा गाईघाट सडक खण्ड रङगमहलको घुम्तिमा ट्याक्टर दुघटना हुदा बेनपा २ भाकलपुरका १९ वर्षीय बिनिता चौधरी, २० वर्षीय ईन्द्रा चौधरी र २० वर्षीय दिपिका चौधरीको मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय रामपुर प्रमुख प्रहरी निरीक्षक नविन कुमार सिंहले बताए । ३४ जना घाईतेहरुको उपचार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।...
धनराम उदयपुरको पहिलो पुष्प कृषक तथा व्यवसायी

धनराम उदयपुरको पहिलो पुष्प कृषक तथा व्यवसायी

समाचार
उदयपुर, कात्तिक १९ गते त्रियुगा नगरपालिका ८ खाटमन्दीर बाघचौरीका धनराम दनुवार उदयपुर जिल्लाकै पहिलो पुष्प कृषक तथा व्यवसायी बनेका छन् । जिल्लामै पहिलो पुष्प कृषकको रुपमा गतसालदेखि फुलखेती थालेका उनले तिहारका लागि चार कठ्ठा जमिनमा सयपत्री फुल उत्पादन गरेका छन् । उक्त फुलबाट थप राम्रो आम्दानी हुने भएको छ । सामान्य तरकारीखेती गर्दै गरेका दनुवारले गएको दुईवर्षअघि गाईघाट बजारबाट फुलको माग भई पन्ध्रमाला लगेका थिए । त्यसबाट पाएको पैसा नै उनका लागि फुलखेतीको प्रेरणा बनेपछि गतसाल हुदै यसवर्ष अझ बढि खेती गरेका हुन् । उनी आगामी वर्षका लागि थप उत्साहित बनेका छन् । ढकमक्क सयपत्रीले चारकठ्ठा जमिन सजिसजाउ छ । सयपत्रीलाई तिहारमा चेलीले माइतीको गलामा सजाउने माला मध्येको उत्कृष्ठ फुल मानिन्छ । अन्य फुलको दाँजोमा बजारमा सयपत्री फुलको माला माग हुने गरेको छ । तिहारका लागि घरघरमा फुलको उत्पादन सामान्य र...

नगद ३ लाखसहित १० जुहाडे पक्राउ

समाचार
उदयपुर, कात्तिक २२ गते । तीन लाख बढि नगद सहित १० जना जुहाडेलाई बिहीबार उदयपुरको चौडण्डिगढी नगरपालिका ५ सुन्दरपुर सिवाइबाट प्रहरीले बिहान पक्राउ गरेको छ । नगद ३ लाख ४ हजार ७ सय १५ रुपैँयासहित एक काठ मिलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापामार्दा प्रहरीले जुहाडे पक्राउ गरेको हो । पक्राउ पर्नेमा चौडण्डिगढी नगरपालिकाका सन्तोष मगर, होमबाहदुर राउत, सुजन अधिकारी, महेश राउत, बेलका नगरपालिकाका बिष्णु श्रेष्ठ र सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरका बिनोदकुमार चौधरी, दिपक कार्की, आलोक राई, सन्तोष चौधरी र शंकर बस्नेतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले बताए । नगद, एक सेट कौडा र २० बुक तास र एक थान गलैचा पनि पक्राउ गरिएको पौडेलले जानकारी दिए । जुहाडेलाई इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडि बढाएको जनाइएको छ ।...
प्रहरीद्धारा पटेका नष्ट

प्रहरीद्धारा पटेका नष्ट

समाचार
उदयपुर/कात्तिक २१ गते । उदयपुरमा तिहारको लागि भित्र्याईएकोे विष्फोटक बस्तु (पटेका) प्रहरीले जफत गरिएको नष्ट गरेको छ । विभिन्न ठाउँमा चेक जाँच र बजारबाट जफत गरिएको पटेका जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार नष्ट गरेको हो । सदरमुकाम गाईघाट आउने गाडी चेक जाँच गर्दा फेला परेको र बजारमा भित्रिएको पटेका जफत गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गाईघाट भित्रिन लागेको र बजरमा भेटिएको नागीन बम १४ बन्डेल, चक्लेट बम ५ डब्बा, मुगा छाप लेखिएको बम ४ प्याकेट, पूmलझरी २ प्याकेट, झिरझिर १० बन्डेल, रकेट बम २ बन्डेल र घिर्नी बम २ डब्बा पटेका प्रहरीले जफत गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख प्रहरी उपरिक्षक चन्द्रदेव राईले बताए । चाडवाड सब्य र भब्य बनाउन प्रहरीले कुनै किसिमको मानविय क्षती तथा उक्ष्रीङखल गतिविधि हुन नदिनको लागि विष्फोटक बस्तु...
सहायक वन अधिकृत घुसहित रंगेहात पक्राउ

सहायक वन अधिकृत घुसहित रंगेहात पक्राउ

समाचार
उदयपुर/कात्तिक १८ गते । उदयपुरका सहायक वन अधिकृत आईतबार ६० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले सवडिभिजन कार्यालय नेपालटारका प्रमुख (सहायक वन अधिकृत) सत्यनारायण साह (रौनीयार)लाई सम्र्पक कार्यालयबाट घुससहित पक्राउ गरेको हो । डिभिजन वन कार्यालय त्रिवेणी कटारी मातहतको कार्यालय नेपालटारका प्रमुख रहेका साहलाई कार्यक्षेत्रभित्रका एक सेवाग्राहीलाई घाटगद्दीमा राखिएको काठको सेटिङ मिलाई दिने भन्दै सदरमुकाम गाइघाटस्थित सम्र्पक कार्यालयमा रकम लिदै गरेको अबस्थामा टोलीले पक्राउ गरेको हो । कार्य क्षेत्रभित्रका आधा दर्जन सामुदायिक वनका विक्रीका लागि घाटगद्दीमा राखिएका काठहरु प्रकृया पुरा नभएकोले मिलाई दिने भन्दै प्रत्येकसँग रकम माग गर्नेक्रममा पहिलो सेवाग्राहीसँग लिदालिदै उनी पक्राउ परेका हुन् । सेवाग्राहीले भने सबै पकृया पुरा गरी र...