त्रियुगा बगरमा शव, बेलदोभानमा कंकाल फेला (भिडियोसहित)
पूर्णपुष्टि/उदयपुर, असोज १२ गते ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ त्रियुगा नदिको बगरमा एक व्यक्तिको शब फेला परेको छ । स्थानीय त्रिनपा ९ गैरुनका ४० वर्षिय महमद वकिलको शब फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईले बताउनुभयो । स ८ प ३७३५ नम्बरको पल्सर मोटरसाईकलसहित उनको शब फेला परेको हो । मोटरसाईकल स्टेण्ट लगाएर राखिएको र शब घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बालुवा चाल्न गएका मजदुरहरुले सुक्रबार विहान बगरमा लास देखेर प्रहरीलाई खबर गरेका थिए । एकान्त बगरमा शब फेला पर्नुले उनको हत्या भएको स्थानीयको आशंका गरिएको छ । प्रहरीले उक्त घटना गएराती घटेको हुनसक्ने जनाएको छ । वकिल सुमो गाडी चलाएर सामान्य जिविकोपार्जन चलाईरहेका व्यक्ति हुन् । वकिलको शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।
https://www.youtube.com/watch?v=JeRQE6q2...









