त्रिवेणी मावि कटारीको स्वर्ण महोत्सव, राष्ट्रपति भण्डारीद्वारा सम्बोधन
पूर्णपुष्टि/कटारी, फागुन ८ गते
-राष्ट्रपति बिद्यादेवी भण्डारीले प्राकृतिक स्रोतसाधनको धनि देश भएपनि यसको समुचित व्यवस्था नहुँदा मुलुक समृद्ध हुन नसकेको बताउँदै शिक्षाको क्षेत्रबाट स्रोतसाधनको वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उदयपुरको कटारी नगरपालिका स्थित त्रिवेणी माध्यमिक बिद्यालयको स्वर्ण महोत्सवको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरामा जोड दिनुभएको हो । उहाँले सामुदायिक बिद्यालयको गुणस्तरीयता, विकास र समृद्धीबाट मात्र देशविकास सम्भव हुने भन्दै राष्ट्रको ठुलो लगानी शिक्षा क्षेत्रमा भएकाले यसको वैज्ञानिक व्यवस्थापन, गुणस्तरीयता र आवश्यक सुधारको खाँचो रहेको बताउनुभयो ।
प्राविधिक शिक्षामा जोड दिनुपर्ने भन्दै हउाँले उद्योग, कल–कारखाना, कृषि क्षेत्रको विकास गरी आबश्यक जनशक्ति उत्पादन गर्दै वेरोजगारी समस्याको समाधान गर्नु पर्न...









