पेशोकको कामले लिम्चुङबुङ र रौतामाई गापाका जनता लाभान्वित
घरनजिकै धारा, कुवाको बाध्यता हट्यो
पूर्णपुष्टि/उदयपुर, चैत १९ गते
-गरीबी निवारण कोष काठमाडौंको आर्थिक सहयोग र शान्ति समाज केन्द्र (पेशोक) नेपालको प्राविधिक सहयोगबाट जिल्लाको लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिकाका जनताले खानेपानीको सुविधा पाएका छन् ।
समुदाय सशक्तिकरण परियोजना अन्तर्गत लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ अन्तर्गतको राम्चेखर्कमा जुकेपानी खोला खानेपानी परियोजना र सिम्लेमा धारापानी खोला खानेपानी परियाजनाबाट उपभोक्ताहरुले खानेपानीको सुविधा पाएका हुन् । राकुला कृषक सामुदायिक संस्थाले सञ्चालन गरेको जुकेपानी खापायोबाट ११ वटा सामुहिक धारा निर्माण गरि खानेपानीको सुविधा दिइएको छ भने बाराजी मन्दिर सामुदायिक संस्थाले सञ्चालन गरेको धारापानी खापायोबाट १७ वटा सामुहिक धारा निर्माण भएका छन् । जसले दुई विद्यालयसहित सयौं घरधुरी लाभान्वित बनेका छन् ।
जुकेपानी खापायोको १५ लाख, ...








