Monday, July 6News That Matters

समाचार

कान्तिपुर आईडल प्रतिष्पर्धाको अन्तिम चरणमा उपेन्द्र सहयात्री (भिडियोसहित)

कान्तिपुर आईडल प्रतिष्पर्धाको अन्तिम चरणमा उपेन्द्र सहयात्री (भिडियोसहित)

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन ३ गते -नवगायक उपेन्द्र सहयात्री राईको गायन प्रतिष्पर्धा कान्तिपुर आईडलको यात्रा सफलरुपमा अगाडी बढेसंगै अव अन्तिम प्रतिष्पर्धाका लागि कडा मेहनत चलिरहेको छ । उदयपुर घर भएका सहयात्री आईडलको विभिन्न चरण पार गर्दै यतिबेला टप फाईभमा छन् अर्थात चैत्र ६ गते हुने फाईनल राउण्डमा टप वान हुनका लागि सबैखाले प्रयास र अभ्यासमा छन् । सानैदेखिको गायनमा अब्बल रुची राख्ने र गाउँघर, विद्यालयको कार्यक्रमदेखि शहरको मेला महोत्सवसम्म गाएर स्रोताको मन जित्दैगएका सहयात्री, पछिल्लो समय कान्तिपुर आईडलमा आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गरिरहेका छन् । अडिसन राउण्डदेखि नै अग्रजको सल्लाह, सुझाव, जजहरुको आशिर्वाद, दर्शक, स्रोताको माया पाइरहेको र आप्mनो पनि अथक मेहनत रहेकाले टपवन अर्थात कान्तिपुर आईडल बन्न सक्छु भन्ने आत्मविश्वास छ उनमा । उनले यो अन्तिम चरणमा दर्शक स्रोताको अझ धेरै ...
मुलुकले पायो नयाँ प्रधानमन्त्री केपी शर्मा ओली

मुलुकले पायो नयाँ प्रधानमन्त्री केपी शर्मा ओली

समाचार
पूर्णपुष्टि/काठमाडौं, फागुन ३ गते -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहिबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । योसंग उहाँ दोस्रोपटक प्रधानमन्त्री बन्नुभएको हो । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपती भण्डारीले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएपछि सरकार गठनको बाटो खुलेको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीले आजै सपथ लिने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे शीतल निवासमा सपथ ग्रहण समारोेह रहेको अनलाईन सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा एमालेका १२१ र माओवादीका ५३ गरी ...
दुर्घटनामा चालक, सहचालक घाइते

दुर्घटनामा चालक, सहचालक घाइते

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २ गते -शिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्डको कटारी नगरपालिका ११ गहुँबारी भन्ने ठाउँमा मंगलबार एक टिपर दुर्घटना भई दुईजना घाइते भएका छन् । कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा ५ ख २२५३ नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई सडकदेखि अन्दाजी २ सय ५० मिटर तल खस्दा चालक कटारी नपा २ खोक्साका २५ वर्षिय सन्तोष थापा सहचालक सोही ठाउँका १८ वर्षिय राजु पौडेल घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घाइते दुबैलाई उपचारार्थ लहानतर्फ पठाइएको प्रहरीले जनाएको छ ।...
आगलागीमा बालक घाइते

आगलागीमा बालक घाइते

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २ गते -ताप्ली गाउँपालिका वडा नं. ४ पोखरी गाउँमा मंगलबार दुईघरमा आगलागी हुदा एक बालक घाइते हुनुका साथै छ लाख बढिको क्षती भएको छ । स्थानीय सबिन तामाङ्गको फुसको छानो भएको दुईवटा घर आगजनी हुखा उनको ७ महिनाको छोरो प्रशान्त घाइते भएको प्रहरीले जनाएको छ । बालक प्रशान्तको दुबै हात र जीउमा आगोले पोलेर घाइते भएको जनाइएको छ । उनलाई कटारी अस्पतालमा उपचारका लागि लगिएको छ । घरभित्रको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसमेत गरी छ लाख बढिको जलेर क्षती भएको प्रहरीले जनाएको छ ।...
हलेसीमा दर्शनार्थीको बाक्लो भीड, सिधा यातायात शुरु (फोटो फिचरसहित)

हलेसीमा दर्शनार्थीको बाक्लो भीड, सिधा यातायात शुरु (फोटो फिचरसहित)

समाचार
पूर्णपुष्टि/खोटाङ, फागुन २ गते -किरात, हिन्दु र बौद्ध धर्मालम्बीको संगमलस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने र मेला भर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । शिवरात्रीको अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीहरुको मङ्गलबार बिहानैदेखि बाक्लो भीड लागेको हो । मेलामा नेपाल लगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, कोरिया लगायतका हजारौं दर्शनार्थीहरुको उपस्थिति रहेको छ । जिल्लाको मुख्य नाका जयरामघाटस्थित दूधकासी नदीमा पक्की पुल बनेसँगै सहजरुपमा आवतजावत गर्न सकिने भएपछि गत वर्षहरुको तुलनामा यस वर्ष दर्शनार्थीहरुको उल्लेख्य उपस्थिति भएको होे । राजधानी काठमाडौं तथा तराईसँग सिधा यातायात जोडिएपछि काठमाडौं, धरान, बिराटनगर, जनकपुरधाम, ईलाम, रौतहट, पोखरा, लगायत छिमेकी देश भारतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर आएका छन् । धार्मिक तथा साँस्कृतिकरुपले प्रसिद्ध मानिने तिर्थस्थल ह...
उदयपुरमा पहिलोपटक बालनाटक प्रतियोगिता, गरिमा बनिन् प्रथम, अन्तराष्ट्रिय बालनाटक महोत्सवमा सहभागिताका लागि १४ छानिए

उदयपुरमा पहिलोपटक बालनाटक प्रतियोगिता, गरिमा बनिन् प्रथम, अन्तराष्ट्रिय बालनाटक महोत्सवमा सहभागिताका लागि १४ छानिए

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १ गते -उदयपुरमा पहिलोपटक मंगलबार भएको बाल नाटक प्रतियोगितामा सगरमाथा मोडेल स्कूल, गाईघाटकी छात्रा गरिमा तिम्सिनाले उत्कृष्ठ कला प्रदर्शन गरी प्रथम भएकी छिन् । उनले सपनाहरु शिर्षकमा प्रस्तुत गरेको नाटकीय कलाले निर्णायकको मत खिचेको थियो भने दर्शकहरुको मन जितेको थियो । उनले नाटकमा आमा–छोरीबीचको सम्बन्ध, माया र गुडियासंग रमाएको अभिनय देखाउदै बालभाव, बाल मनोविज्ञान, बाल चेतना, बालसुलभता जस्ता विषयलाई जस्ताको तस्तै दर्शाएका थिए । गाईघाट स्थित सिटिहलमा भएको बिद्यालय स्तरीय बाल नाटक प्रतियोगितामा जनज्योती मावि चुहाडेका दिपेन्द्र फुयल दोस्रो, क्यानभास एकेडेमी गाईघाट समुह तेस्रो भएको थियो भने सगरमाथा मोडेल स्कुलकी निवेदीता तिम्सिनाले सान्त्वना पाएका थिए । प्रतियोगितामा विजयहुने बालकलाकारहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यस अलवा विभिन्न सात विद...
फोक्सिङ्टार पक्की पुलको काम सुस्त

फोक्सिङ्टार पक्की पुलको काम सुस्त

समाचार
पूर्णपुष्टि/खोटाङ, माघ २९ गते -ठेकेदार कम्पनीको लापरबाहीका कारण सुनकोशी नदीको निर्माणाधीन पक्की पुल निर्माण सुस्ताएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको फोक्सिङ्टारमा अवस्थित सुनकोशी नदीमा निर्माण हुन लागेको पक्की पुल निर्माण कार्य सुस्ताएको हो । पुल निर्माण कार्य अगाडि बढ्न नसकेका कारण पक्की पुल निर्माणको काम अलपत्र परेको स्थानीयबासीहरुले दुःख व्यक्त गरेका छन् । दुई वर्षअघि निर्माण शुरु गरिएको उक्त पक्की पुलको पिलर गाड्नका लागि खाल्डो खन्ने र आरसीसी ब्रिजको काम बाहेक कुनै काम हुन हुन सकेको छैन । पक्की पुल बिलम्ब हुनुमा ठेकेदार र विभागका उच्चपदस्थ कर्मचारी जिम्मेवार भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “निर्धारित समय २०७५ चैत भित्र पक्की पुल सम्पन्न नभएन भने जनता लिएर कालोमोसो दल्न जाने तयारीमा छु ।” उहाँले भन्नुभयो, “तोकिएको समयमा सम्पन्न गर्...
भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

मनोरञ्जन, समाचार
पूर्णपष्टि/माघ २९ गते -जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानिक गरिएको छ । हाम्रो देश नेपालमा नव पुस्तालाईसमेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेनटायन शहरमा भएको युगल जोडीलाई १४ फ्ररवरीको घटनालाई लिएर पाश्चात्य मुलुकहरुमा मान्दै आएको यो भ्यालेनटायनलाई हाल आएर नेपालमा पनि उत्तिकै महत्व लिएर युगल जोडीहरुले यस दिनलाई महत्वपूर्ण दिन मानिने गरेको पाइन्छ । यसटेली चलचित्रमा पनि माया प्रेम अन्धो हुन्छ । मानव जीवनमा प्रेम अति महत्यपूर्ण छ या त त्यो दृष्यबिहिन होस या त कान नसुन्ने होस सवैलाई प्रेमले छोएको हुन्छ । प्रेमको परिभाषालाई पर्दा माध्यमबाट छर्लङ्ग पार्न खोजेका निर्देशक शर्माले बताउनु हुन्छ । यस स्पर्शको पर्दामा लोमश शर्मा र इस्टु कार्कीले दमदार अभिनय प्रस्तुत गरेको पाइन्छ । य...
फोनिज उदयपुरमा नयाँ नेतृत्व

फोनिज उदयपुरमा नयाँ नेतृत्व

समाचार
पूर्णपुष्टि/उदयपुर, माघ २९ गते -नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुरको आइतबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा सुपराज राई निर्बाचित भएका छन् । उनले प्रतिद्वन्द्वि देवराज राईलाई १ मतले पछि पार्दै निर्बाचित भएका हुन् । जम्मा मत २६ मा सुपराजले १३ मत प्राप्त गरेका थिए भने देवराजले १२ मत प्राप्त गरेका थिए । १ मत बदर भएको थियो ।  उपाध्यक्षमा उर्मिला दनुवार निर्बाचित भएका छन् । सचिवमा इश्वर बलम्पाकी मगर, सहसचिवमा गंगा राई र कोषाध्यक्षमा टम्पसेर राई सर्बसहमत भएका छन् । सदस्यहरुमा विजय राई, दुर्गानन्द चौधरी, ललीत तामाङ चयन भएका छन् । अन्य १ जना मनानित गरिने बताइएको छ । त्यसैगरी केन्द्रिय पार्षदहरुमा भोटराज राई, अप्सरा समाल, विश्वराज तामाङ, प्रकाश राई र रिसि राई निर्बाचत भएका छन् । त्यस्तै प्रदेश पार्षदहरुमा विक्रम राई, भ...
अन्ततः मुख्यमन्त्रीमा शेरधनकै पक्का भो

अन्ततः मुख्यमन्त्रीमा शेरधनकै पक्का भो

समाचार
पूर्णपुष्टि/उदयपुर, माघ २६ गते -प्रदेश/प्रतिनिधिसभा निर्बाचन अघि नै प्रदेश नं. १ अन्तर्गत भोजपुरबाट उम्मेदवार उठेका शेरधन राईलाई जीत निश्चितता अनि मूख्यमन्त्री बन्ने करिब पक्का हो भन्ने गरेका थिए । अन्ततः धेरैको यो आकलन आज सहि सावित भएको छ । प्रदेश÷प्रतिनिधि सभाको निर्बाचन पश्चात एमालेका भिम आचार्यको दावी र उनको पक्षमा वकालत कडै आयो तर, शुक्रबार संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएपछि राईको मुख्यमन्त्री बन्ने बाटो खुल्यो भने नेता आचार्यले दावी गर्ने अवस्था पूर्णविराम भयो । राईले दुई मतको मतान्तरमा जितेर मुख्यमन्त्रीको बाटो खोलेका हुन् । एमाले प्रदेश नं. १ को उपसंयोजकसमेत रहेका राईले २६ मत पाएका थिए भने पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यले २४ मत पाएका थिए । राई एमालेभित्रको संस्थापन पक्ष र आचार्य माधवकुमार नेपाल समूह भनेर चिनिन्छन् । एकमत बदर भएको थियो । यसैबीच प्रदेश सरकार ...