Friday, May 1News That Matters

समाचार

बाम एकताको स्थायी सरकार बनाएरै छाड्ने एमाले अध्यक्ष ओलीको दावी

बाम एकताको स्थायी सरकार बनाएरै छाड्ने एमाले अध्यक्ष ओलीको दावी

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर १६ गते । पूर्व प्रधानमन्त्ती एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम एकताको स्थायी सरकार बनाएरै छाड्ने दावी गर्नुभएको छ । उदयपुरको सदरमुकाम गाईघाटमा शनिबार आयोजित संयुक्त बाम गठबन्धनको बृहद चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाम गठबन्धनको नेतृत्वको स्थायी सरकार बनाएरै छाड्ने दावी गर्नुभएको हो । उहाँले स्थायी सरकारबीना देश समृद्धिमा नजाने तर्क राख्दै देशको आवश्यकता अनुरुप बाम एकता गरेको र त्यसले चुनावी परिणाम पनि स्थायी सरकारको ल्याउने बताउनुभयो । उहाँले निर्बाचन विरोधी गतिविधिलाई रोक्न आग्रह गर्दै बम पड्काउदैमा अधिकार प्राप्त नहुने बताउनुभयो । जनता नै सार्भमौम सम्पन्न रहेकोले अहिलेको चुनावमा जनताले देशलाई अग्रगतिमा लैजाने बाम गठबन्धनलाई भोट दिएर जिताउन अनुरोध गरे । कांग्रेसको सत्तामा राम्रो सिट नै नहुने भएकोले भोट दिएमा खेरो मात्र जान...
संगम पुस्तकालयको सुनौलो कदम

संगम पुस्तकालयको सुनौलो कदम

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर १५ गते । सदरमुकाम गाईघाटको सबैभन्दा जेठो र ठूलो संगम सामुदायिक पुस्तकालयको सञ्चालक समितिमा नयाँ नेतृत्व आएसंगै सुनौला योजनाहरु आएको छ । करिब करिब बन्दजस्तो भइसकेको पुस्तकालयले भरत खड्काको नेतृत्वको नयाँ कार्यसमिति पाएपछि जिबन्त बन्नुका साथै पुस्तकालय सञ्चालनसहितका विभिन्न जीवन उपयोगी योजनाहरु ल्याएको हो । नयाँ नेतृत्वको पहिलो कदममा शुक्रबार महिला कम्प्युटर साक्षरता कार्यक्रमको उद्घाटन भयो । कार्यक्रमका प्रमुख अतिथि एवम् त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पानसमा बत्ति बाल्दै कम्प्युटरसमेत खोलेर कार्यक्रमको उद्घाटन गर्नुभयो । दैनिक सयजना महिलाहरुलाई कम्प्युटर सिकाउन सक्नेगरी कम्प्युटर साक्षरता कक्षा सञ्चालन गरिएको अध्यक्ष खड्काले बताउनुभयो । उहाँले पठन संस्कृतिको विकास गर्दै सबैका लागि पुस्तकालयको निर्माण गर्ने, जीवनपर्यान्त शिक्षाका लागि एक स्थानीय त...
शान्ति सुरक्षामा सरकार चुकेको आरोप

शान्ति सुरक्षामा सरकार चुकेको आरोप

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर १५ गते । आसन्न निर्वाचनमा सरकारले भरपर्दो शान्ति सुरक्षा व्यवस्था गर्न नसकेको इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले बताउनु भएको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले सदरमुकाम गाईघाटमा शुक्रबार आयोजना गरेको मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम अध्यक्ष प्याकुरेलले शान्ति सुरक्षा व्यवस्थति गर्न सरकार चुकेको आरोप लगाए । निर्वाचनको मुखमा सिडियो सरुवा, वढुवा गरेर सरकारले निर्वाचन आफुअनुकुल बनाउन खोजेको आरोप लगाउँदै उनले कर्मचारी सरुवा बढुवा, चुनावको मुखमा पैसा बाँडेन र एक बर्षअघिका बाढीपहिरो प्रभावितका नाममा राहात जस्ता प्याकेजलाई तत्काल बन्द गरी आचारसंहिता पूर्ण पालना गर्न आग्रह गरे । दल र तिनका उमेदवार प्रति लक्षित गर्दै अध्यक्ष प्याकुरेलले निर्वाचनमा सहभागि दलका नेतालाई घोषणा पत्रमा उल्लेख भएका बुँदा र प्रतिबद्धतालाई इमान्दारसाथ व्यवहारमा ...
सिन्धुली दुर्घटनामा उदयपुरका एकजनाको मृत्यु

सिन्धुली दुर्घटनामा उदयपुरका एकजनाको मृत्यु

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर १५ गते । काठमाडौंदेखि गाईघाटतर्फ आउदै गरेको हायस माइक्रोबस र विपरित दिशाबाट आउदै गरेको मोटरसाईकलबीच शुक्रबार दिउसो एकआपसमा ठक्कर खाँएर भएको दुर्घटनामा एक बृद्धाको मृत्यु भएको छ । रौतामाइ यातायात प्रा.लि. उदयपुरद्वारा सञ्चालित बा ३ ख ८४६७ नम्बरको हायस र स २ प ५९४७ नम्बरको मोटरसाईकल सिन्धुलीको कमलामाइ नगरपालिका ३ फाक्ताङ भन्ने ठाउँमा ठक्कर खाँदा हायसमा सवार उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासका ८४ बर्षिय बृद्धा राजेन्द्रप्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । एकजना यात्रु त्रियुगा नगरपालिकाकी कमला खड्का घाइते अन्य ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते खड्कालाई उपचारार्थ काठमाडौं लगिएको छ । मोटरसाईकल र चालकको अवस्था सामान्य रहेको छ । मोटरसाईकललाई जोगाउन खोज्दा हायस अनियन्त्रित भई सडकम...
उदयपुरमा उच्च सुरक्षा सतर्कता, निर्बाचन विरोधी गतिविधिमा संलग्नको आशंकामा ८ पक्राउ

उदयपुरमा उच्च सुरक्षा सतर्कता, निर्बाचन विरोधी गतिविधिमा संलग्नको आशंकामा ८ पक्राउ

समाचार
पूर्णपुुष्टि/उदयपुर, मंसीर १५ गते । दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा उदयपुरमा बम विष्फोटका घटना बढेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । शनिबार (भोली) कांग्रेस र बाम गठबन्धनको एकैदिन सदरमुकाम गाईघाटमा हुन लागेको आमसभा समेतलाई मध्येनजर दिदै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको हो । बाम गठबन्धनको आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने नेपाली कांग्रेसको आमसभालाई कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभा लगायत निर्बाचनको निम्ति सुरक्षा निकायका सबै अंगहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विशेष प्रहरी र म्यादी प्रहरीलाई सुरक्षा उच्च सतर्कताका लागि खटाइएको स्थानीय प्रशासनले जनाएको छ । संयुक्त सडक गस्ती, ठाउँठाउँमा सुरक्षा चेकजाँचका साथै उम्मेदवार तथा चुनावी कार्य...
कांग्रेस सचिवले बाम गठबन्धनलाई सहयोग गर्ने घोषणा

कांग्रेस सचिवले बाम गठबन्धनलाई सहयोग गर्ने घोषणा

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर १३ गते । नेपाली काँग्रेसका उदयपुर जिल्ला सचिब रामकुमार राईले बुधबार एक औपचारिक समारोहमा काँग्रेस पार्टी परित्याग गरेका छन् । वामगठबन्धनले कटारीमा आयोजना गरेको चुनावीसभामा सचिव राईले काँग्रेस पार्टी छोडेको घोषणा गर्दै अब वामगठबन्धनलाई सहयोग गर्ने बताउनुभयो । झण्डै तीन दशक लामो समय काँग्रेसमा व्यतित गरेका राईले सभालाई सम्बोधन गर्दै भने, ‘उर्वर समय मैले काँग्रेसमा व्यतित गरेर वेकार गरेछु’ पार्टीका केहि नीति सिद्धान्त राम्रा भएपनि पार्टी परिचालन गर्ने व्यक्तिको आचरण खराव भएकाले आफु पार्टीभित्र बस्न नसकेको कुरा उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा राईको भब्य स्वागत भएकोे थियो । चुनावी सभालाई बाम गठबन्धनका विभिन्न नेताहरुले सम्बोधन गर्दै जीत सुनिश्चितरुपमा हुने बताएका थिए । जनताको मन जित्ने र जनताको लागि काम गर्ने बाम गठबन्धनबाहेक कुनै विकल्प र पक्ष नरहे...
एम्बुसमा उम्मेदवार गम्भिर घाइते, हेलिकेप्टरबाट उपचारमा लगियो

एम्बुसमा उम्मेदवार गम्भिर घाइते, हेलिकेप्टरबाट उपचारमा लगियो

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर १३ गते । अज्ञात समुहले विछ्याएको एम्बुसमा परी नेपाली कांग्रेस उदयपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार नारायणबहादुर कार्कीसहित चारजना गम्भिर घाइेत भएका छन् । उम्मेदवार कार्कीसहित ९ जना चढेको बा १५ च ७८०६ नम्बरको एसकारपीयो जीप उदयपुरगडी गाउँपालिका वडा नं. ६ को दनुवारबेसीमा सडकमा विछ्याएको एम्बुसमा पर्दा अन्य तीनजना पनि घाइते भएका छन् । दुईजना भने सकुशल रहेको जनाइएको छ । गम्भिर घाइतेहरु उम्मेदवार कार्की, चालक राजन कार्की, कार्यकर्ता मिरा कटुवाल र स्थानीय धनमाया धौलाकोटीलाई उपचारार्थ हेलिकेप्टरबाट काठमाडौं लगिएको छ । त्यस्तै घाइते पत्रकार नवराज पौडेल, प्रहरी हवल्दार कृष्ण श्रेष्ठ, कार्यकर्ता कृष्ण थापा लगायतलाई पनि हेलिकेप्टरबाटै उपचारार्थ काठमाडौं स्थित टिचिङ अस्पताल लगिएको छ । तार टांगेर सडकमा राखिएको शक्तिशाली एम्बुस जीपको अघिल्लो भागमा विष्फोट भएकोल...
उदयपुरको सदरमुकाममा दुई स्थानमा बम विष्फोट

उदयपुरको सदरमुकाममा दुई स्थानमा बम विष्फोट

समाचार
पूर्णपुष्टि/मंसीर १२ गते । उदयपुर–जिल्लाको सदरमुकाममा मंगलबार उम्मेदवारलाई लक्षीत गरी दुईस्थानमा बम विष्फोट भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार अपरान्ह करिब ४ बजेतिर उदयपुर प्रतिनिधि सभा क्षेत्र नं. १ का नेपाली कांग्रेस उम्मेदवार डा. नारायण खड्कालाई लक्षित गरी कुकर बम विष्फोट भएको हो भने सोही दिन विहान ३ बजे कांग्रेस प्रदेश सभा उम्मदेवार हिमाल कार्कीको घरसंगैको गोठमा बम विष्फोट भएको हो । त्रियुगा नगरपालिकाको वडा नं. १० बाबरी गाउँमा चुनाव प्रचारप्रसारको क्रममा कार्यकर्तासहित मत माग्दै हिड्का डा. खड्कालाई लक्षित गरी कार्यक्रम स्थल भन्दा केही पर जंगलमा बम विष्फोट भएको थियो । बम विष्फोटबाट केही पनि क्षती नभएको प्रहरीले जनाएको छ । उता प्रदेशसभा उम्मेदवार कार्कीको त्रिनपा ८ चुहाडे स्थित घरसंगैको गोठमा बम विष्फोट हुदा भने एक गाई र एक भैसी घाइते भएको प्रहरीले जना...
वडाध्याक्षको प्रसंशनीय काम, सदरमुकामसम्म लगेर अपाङहरुलाई दिलाए परिचयपत्र

वडाध्याक्षको प्रसंशनीय काम, सदरमुकामसम्म लगेर अपाङहरुलाई दिलाए परिचयपत्र

समाचार
विक्रम राई (पूर्णपुष्टि)/मंसीर ७ गते । उदयपुर–प्राय/जसो जनप्रतिनिधिहरु यतिबेला भोट माग्न हिड्दैमा ठिक्क छन्, तर यहाँका एक वडाध्यक्षले भने जनताको कामलाई प्राथमिकता दिइ प्रसंशनीय काम गरिरहेका छन् । धेरैजसो जनप्रतिनिधिहरु आफ्नो पार्टी र उम्मेदवारलाई जिताउन जनताको काम छाडी भोट माग्न हिडिरहेको बेला कटारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कमल श्रेष्ठ भने, अपङगता भएकाहरुको सेवामा जुटिरहेका छन् । उनी आप्mना वडाका अपाङ्गता भएकाहरुको परिचयपत्र दिलाई सरकारी सुविधा दिलाउने अभियानमा जुटेका हुन् । नगरपालिका युवा जनप्रतिनिधिको रुपमा चिनिने श्रेष्ठले बिहिबार सदरमुकाम गाईघाटसम्म नै साथमा लिएर सात जना अतिअशक्त अपङगता व्यक्तिहरुको परिचय पत्र बनाइदिएका छन् । सदरमुकामसम्म पुगेर परिचयपत्र बनाउन नसकेर सेवा सुविधाबाट बञ्चित भइ रहेका उनीहरुलाई गाडी रिजर्ब गरेर जिल्ला स्थित महिला तथा वालवालिका कार्यालयमा परि...
हातपात गरेकोे भन्दै वडा कांग्रेसको आपत्ति

हातपात गरेकोे भन्दै वडा कांग्रेसको आपत्ति

समाचार
पूर्णपुष्टि/मंसीर ७ गते । उदयपुर–नेपाली कांग्रेस, त्रियुगा नगरपालिका १० वडाले आप्mनो कार्यकर्तामाथि हातपात भएको भन्दै बिहिबार एक प्रेस विज्ञप्ती जारी आपत्ति प्रकट गरेको छ । एकदिन अघि बाम गठबन्धन संबद्ध हेम मगर र ससी राईले कांग्रेस कार्यकर्ता गोपाल विसंखेलाई हातपात गरेको भन्दै खेद प्रकट गरेको विज्ञप्तीमा उल्लेख छ । वडा सभापति फिरन खड्डाद्वारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गर्दै गल्ती नदोहोर्याउन अपिलसमेत गरिएको छ । यस विषयमा ससी राइले मादक पदार्थले मातिएको अवस्थामा भेटिएका विसंखेसंग सामान्य भनाभन मात्र भएको हातपात नभएको बताउनुभयो ।...