Friday, May 1News That Matters

समाचार

प्रहरी दिवसमा व्याड्मिन्टन खेलिने

प्रहरी दिवसमा व्याड्मिन्टन खेलिने

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २१ गते । गाईघाट–६२ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले व्याड्मिन्टन प्रतियोगिताको आयोजना गर्दैछ । दिवसको अवसरमा प्रहरीले असोज २५ र २६ गते जिल्लास्तरीय व्याड्मिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । मेन्स डबल्स (ए समुह) र मेन्स डबल्स (बी समुह) इभेन्ट्समा खेल सन्चालन हुने बताइएको छ । भट्टका अनुसार प्रतियोगिताका विभागिय प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जिल्लाका खेलाडीहरुको सहभागिता हुनेछ । जिल्लाको कटारी, बेल्टार, जलजले लगायत खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । जिल्ला व्याड्मिन्टन संघ उदयपुरसंगको समन्वयमा हुने प्रतियोगिता खेल जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा सन्चालन हुनेछ ।...
शासन होईन सेवा प्रदान गर्नु : गृहमन्त्री शर्मा

शासन होईन सेवा प्रदान गर्नु : गृहमन्त्री शर्मा

समाचार
पूर्णपुष्टि, असोज २० गते । काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनतालाई शासन होईन सेवा प्रदान गर्नु पर्नेे बताएका छन् । गृह मन्त्री शर्माले नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्याय सम्बन्धी तीन महिने तालीम शुक्रबार उद्घाटन गर्दै, आजको जनप्रशासन सेवाभावकासाथ जनतामा समर्पित हुनु पर्ने बताए । उनले बिगतदेखिनै सरकारी सेवा झंजटिलो हुँदै आएको जिकीर गर्दै, त्यसलाई सहज बनाएर सामान्य जनताका समस्या समाधान तिर निजामती सेवा लाग्नु पर्नेमा जोड दिए । उनले सो तालिम औपचारिकता मात्र न भएर गृह मन्त्रालयले ल्याएका चौरासी बुँदे मार्गचित्रको एउटा भाग भएको जिकीर गर्दै, तालिमका दौरान फेल हुनेहरुलाई प्रमुख जिल्ला अधिकारी पदमा नियुक्त नगरिने बताए । यसैगरी कानुनमन्त्री यज्ञबहादुर थापाले कार्यक्रमलाई सम्बोधन गर्दै, तालिमले सच्चा राष्ट्रसेवक उत्पादन गर्ने विश्वास लिएको बताए । न्याय सेव...
अब स्वास्थ्य व्यवस्थापन समिती जनप्रतिनिधिको नेतृत्वमा हुने

अब स्वास्थ्य व्यवस्थापन समिती जनप्रतिनिधिको नेतृत्वमा हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २० गते । काठमाण्डौं–अब प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापन समिती जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा हुने भएको छ । स्वास्थ्य मन्त्रालयले स्थानिय स्वास्थ्य संस्थाहरुको सञ्चालन तथा व्यवस्थापन समितीको मापदण्ड पुर्नगठन गरी यस्तो व्यवस्था गरेको हो । स्वास्थ्य मन्त्रालय (मन्त्री स्तर)को निर्णय अनुसार स्थानीय स्वास्थ्य संस्थाको संरक्षकमा सोही स्थानको जननिर्वाचित प्रतिनिधि मेयर अथवा गाँउ पालिकाको अध्यक्ष हुने व्यवस्था गरिएको छ भने वडा अध्यक्ष व्यवस्थापन समितिमा वडाअध्यक्ष हुने निर्णय भएको छ । जुन वडामा प्राथामिक स्वास्थ्य केन्द्र÷स्वास्थ्य चौकी छ त्यही वडाको वडा अध्यक्ष व्यवस्थापन समिति वा सञ्चालक समितिको अध्यक्ष हुनेछन् भने मेयर अथवा गाँउ पालिकाको अध्यक्ष संरक्षक हुने निर्णय भएको स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानका...
सर्बसहमत नहुदाको तमासा : एक ठाउँका लागि २४ जनासम्म सिफारिस

सर्बसहमत नहुदाको तमासा : एक ठाउँका लागि २४ जनासम्म सिफारिस

समाचार
पूर्णपुष्टि, असोज २० गते । गाईघाट–आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सर्बसहमतरुपमा टुंग्याउन नसक्दा शुक्रबार नेकपा एमाले उदयपुरमा एक ठाउँका लागि २४ जनासम्मको नाम सिफारिस भई आएको छ । जिल्ला पार्टीले नाम सिफारिसका लागि तोकेको क्षेत्रीय संयोजक तथा सहसंयोजकबाट सर्बसहमतरुपमा टुंग्याउन नसक्दा प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. १ (क) मा २४ जनासम्मको नाम सिफारिस भइ आएको हो । प्रतिनिधिसभा क्षेत्र नं. १ र २ मा सिफारिसमा पर्नेको नाम थोरै भएपनि प्रदेशसभाहरुमा धेरै छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमाले जिल्ला कमिटी सदस्य टेकबहादुर राउत, पूर्व केन्द्रिय सल्लाहकार परिषद सदस्य राममणि पोखरेल र बैकल्पिक केन्द्रिय सदस्य तथा सांसद मन्जु कुमारी चौधरीको नाम सिफारिस भएको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को लागि एमालेका...
कटारीको कवर्डहल अधुरो

कटारीको कवर्डहल अधुरो

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २० गते । कटारी–सगरमाथाको द्वार भनेर पुरानो नामले चिनिने उदयपुरको कटारी बजारमा निर्माणाधिन कवर्डहल बजेटको अभावले अधुरो बनेको छ । कटारी व्याड्मिन्टन क्लव र भूपू सैनिक क्लवको पहलमा निर्माणाधिन कवर्डहल बजेटको अभावले निर्माण कार्य अधुरो भएको हो । भूपू सैनिक क्लवको आप्mनै प्राङ्गणमा निर्माणाधिन कवर्डहलको आधाजसो निर्माण कार्य भईसकेको क्लवका अध्यक्ष विष्णु आले मगरले बताए । खेलकुद परिषद्बाट प्राप्त १२ लाख रकमबाट कवर्डहलको आधाजसो निर्माण कार्य भएको छ । मगरका अनुसार कवर्डहलको चारैपट्टी सिमेन्ट रडको पिलरसहित दश÷बाह्र फिट उचाइसम्म इटा गाह्रो लगाईसकिएको छ । त्यसभन्दा माथिको कामका लागि भने बजेटको अभाव भएपछि निर्माण कार्य स्थगित भएको छ । बाँकी भागमा ट्रष्ट जोडेर छानोसहित टिन लगाएर बनाउने सोच रहेको उनले बताए । त्यसका लागि बजेट जोहोको पहल भईरहेको पनि उनले बताए । बाँकी कामका ला...
चीनको ईशारामा नेपालमा वाम एकता हुँदैछ : राजपा नेता

चीनको ईशारामा नेपालमा वाम एकता हुँदैछ : राजपा नेता

समाचार
पूर्णपुष्टि, असोज १९ गते । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष बृषेचन्द्र लालले मित्र राष्ट्र चीनको ईशारामा नेपालमा वाम एकताको सुरु भएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष लालले चीनको ईशारामा वामपन्थीहरुवीचको एकता प्रयास भएको दाबी गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्डलाई राजनैतिक नैतिकता नभएको नेताको संज्ञा दिए । मुलुकै ठुलो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेस लगायत ६ दलहरु लोकतान्त्रिक मुल्य मान्यतामा उभिएका उल्लेख गर्दै लालले आप्mनो गठबन्धनले मुलुकलाई सवल बाटोमा लैजाने बताए । त्यसैगरी कार्यक्रममा नेपाल लोकतान्त्रिक फोरमका महासचिव एवम् प्रमु्ख सचेतक योगेन्द्र चौधरीले माओवादी केन्द्रले एमालेसँग एकताको पहल थालेर गम्भिर भुल गरेको बताए । महासचिव चौधरीले आगो र पानीजस्तै बनेका दलहरु आज आएर रातारात ...
एमाले–माओवादी केन्द्रलाई बृृहद लोकतान्त्रिक मोर्चाले काउन्टर दिने नेता खड्काको भनाई

एमाले–माओवादी केन्द्रलाई बृृहद लोकतान्त्रिक मोर्चाले काउन्टर दिने नेता खड्काको भनाई

समाचार
पूर्णपुष्टि, असोज १९ गते । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वाम गठबन्धनलाई काउन्टर दिनको लागि नै आफूहरुले बृहद लोकतान्त्रिक मोर्चा बनाएको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. खड्काले एमाले, नेकपामा ओवादी केन्द्र र नयाँशक्तिवीचको चुनावी तालमेललाई आफूहरुले नौलो रुपमा नलिएको बताउँदै यो राजनीतिक विकास क्रममा टुट्फुट र जुट भैरहने बताए । उनले केन्द्रका अध्यक्ष प्रचण्डप्रति आफूलाई दया र सहानुभुति लागेकोसमेत बताए । माओवाद र कम्युनिज्मको सबै धर्म छोडेर चमात्कार गरेको भन्ने प्रचण्डमाथि ब्यंग्य गर्दै उनले जनयुद्ध र क्रान्तिको ईतिहाँस बोकेको पार्टी ४० मा खुम्चिनु भनेको क्रमिक रुपमा हराउनु भएको टिप्पणी गरे । ०४८ सालदेखि लोकतन्त्रको रैथाने बन्दै आएको एमालेसँग प्रचण्डले पार्टी एकता गर्नुले उनको जुझारु क्रान्तिकारीतामाथि नै प्रश्न उठेको उ...
आज विश्व शिक्षक दिवस

आज विश्व शिक्षक दिवस

समाचार
२०७४ असोज १९ गते । आज विश्व शिक्षक दिवस विश्वभर मनाईन्छ । हरेक वर्षको अक्टोवर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो दिवस सन् १९९४ बाट मनाउन शुरु गरिएको हो । आजको दिन गुणस्तरिय शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई स्थानिय एवं अन्तर्राष्ट्रिय जगतका विभिन्न क्षेत्रमा योगदान पूर्याउन मद्धत गर्ने शिक्षकहरुको सझंना र सम्मान गरिन्छ । हामीले विधालय अनि विश्वविधालयमा अन्यधेरै शिक्षक र शिक्षिकाहरु सँग शिक्षा लिएका छौँ, आज ति शिक्षक अनि शिक्षिकाहरुलाई संझना गर्न जरुरी छ ।...
दशैंको औपचारीक अन्त्य

दशैंको औपचारीक अन्त्य

समाचार
पूर्णपुष्टि, असोज १९ गते । उदयपुर–आज कोजाग्रत पूर्णिमा, आजबाट दशैंको औपचारीक अन्त्य भएको छ । आजको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाइन्छ । सेना, प्रहरीले बाजागाजासहित नै जमरा सेलाएर विधिवत दशैंको अन्त्य गरेका छन् । त्यस्तै सर्बसाधारणहरुले आज विहानै आप्mना गाउँ शहर नजिकैको खोला नदीमा जमरा सेलाएका छन् । यसबर्षको दशैं उदयपुरमा शान्ति र शौहाद्रपूर्णढंगले सम्पन्न भएको छ । काँही कतै अप्रिय घटना, झैझगडा नभएको प्रहरी÷प्रशासनले जनाएको छ । विगतमा जस्तो सडक दुर्घटना पनि यो बर्षको दशैंमा खबर नबन्नु, अशुभ खबर प्रकाशन गर्ने अवस्था नआउनु सुखद कुरा हो । देश प्रदेशबाट आएका आफन्तजनहरुसंगको सुखद भेटघाट, बर्षदिनको कामको थकानको आराम, राम्रो लाउने, मिठो खाने पर्व दशैं सुखदरुपमा सकिएको छ । कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको शुरुवा...
प्रचण्डसित आक्रोसित किरातीले गरे- भाटे कारवाही तयारीको आव्हान्

प्रचण्डसित आक्रोसित किरातीले गरे- भाटे कारवाही तयारीको आव्हान्

समाचार
पूर्णपुष्टि, असोज १८ गते । उदयपुर–नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता, पार्टी सचिवालय सदस्य गोपाल किराँतीले पहिचान विरोधी उम्मेदवारलाई भाटे कारवाहीको चेतावनी दिएका छन् । हिजो भएको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको सहमतिको विरोध जनाउदै नेता किँरातीले सहमतिका कारण माक्र्सवाद, लेलिनवाद, माओवाद र पहिचानको मुद्दा धरापमा परेको भन्दै पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको चेतावनीसमेत दिएका हुन् । “सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आव्हान गर्दछु ।” उनले आप्mनै फेसबुकमार्फत जारी विज्ञप्तीमा भनिएको छ । पार्टीको कुनै पनि तहमा औपचारिक निर्णय नगराई अध्यक्ष प्रचण्डले उक्त कदम चालेकोमा आपत्ति जनाउदै उनले माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने प्रचण्ड समुहको कदम दलिक...