Sunday, July 5News That Matters

समाचार

कसले कति मत पाए ? (एनअारएनए) चुनाव

कसले कति मत पाए ? (एनअारएनए) चुनाव

लिम्चुङबुङ डायरी, समाचार
काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को ८ औं विश्व सम्मेलन सम्पन्न भएको छ । गैरआवासी नेपाली संघ (एनआरएनए) को निवर्तमान उपाध्यक्ष भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न चुनावमा भट्टले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई राजित गर्दै विजयी भएका हुन् । उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भए भने महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् । सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् । महिला संयोजकमा रजनि प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् । अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् । हेर्नुस् कसले कति मत पाए (पूर्ण विवरण)  अनलाईनखबरबाट यो सुची लिईए...
बसाहामा प्रथम मेयर कप व्याड्मिन्टन सम्पन्न, राई र मगरको जोडी प्रथम

बसाहामा प्रथम मेयर कप व्याड्मिन्टन सम्पन्न, राई र मगरको जोडी प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ३१ गते । बसाहा–एकता युवा क्लव बसाहाको आयोजना तथा चौदण्डीगडी नगरपालिकाको संयोजनमा आयोजित प्रथम मेयर कप खुल्ला ब्याड्मिन्टन प्रतियोगिता २०७४ को उपाधी भोटराज राई र तुला मगरको जोडीले जितेको छ । बसाहाका बविन्द्र थुलुङ राई र दिनेश राईको जोडीलाई पराजित गर्दै राई र मगरको जोडीले उपाधी जितेको हो । उपाधी जितेसंगै उनीहरुको जोडीले नगद १० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । २१–१६, १९–२१ र २१–१६ को तेस्रो निर्णायक सेटमा ५ अंकले पछि परेपछि राई जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो । दोस्रो हुदै उनीहरुको जोडीले नगद ६ हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बेल्टारका भेषराज मगर र बालकृष्ण कार्कीको जोडी तथा बसाहाका प्रेम रायमाझी र भुपाल राईको जोडीले तेस्रो स्थान हाँसिल गरेका छन् । तेस्रो हुने दुबै जोडीले नगद २÷२ हजार पुरस्कारसहित श...
उदयपुरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि यस्तो छ मतदाताको संख्या

उदयपुरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि यस्तो छ मतदाताको संख्या

समाचार
उदयपुर । गत असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको तुलनामा प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदाता गर्नेको संख्या बढेको छ । २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ लाख ९३ हजार ९ सय १३ मतदान गर्ने भएका छन् भने स्थानीय तहको निर्वाचनमा जम्मा मतदता १ लाख ७१ हजार ४ सय ६१ रहेको थियो । जिल्ला निर्वाचन कार्यालयले उदयपुरको अनुसार अहिले २२ हजार ४ सय ५२ नयाँ मतदाता थपिएको हो । स्थानीय तहको निर्वाचनमा १ लाख २१ हजार ९ सय ९७ मत खसेको थियो भने ४९ हजार ७ सय ७४ मत खसेको थिएन । पहिलेको तुलनामा नयाँ मतदता २२ हजार ४ सय ५२ थपिएकाले केही बढ्ने देखिएको हो । २०६८ सालको जनगणनाको तथ्यांकअनुसार ३ लाख १७ हजार ५सय २७ जनसंख्या रहेको श्रोतले बतायो । जसमा उदयपुरमा एकजना तेस्रो लिंगी मतदाता फेला परेकी छन्। उदयपुरमा महिला मतदाता ९५ हजार ८ सय ८९ र पुरुष ९८ हजार २३ मतदाता...
उत्तर कोरिया र अमेरिकाः तुलनामा यस्तो छ ताकत ?

उत्तर कोरिया र अमेरिकाः तुलनामा यस्तो छ ताकत ?

लिम्चुङबुङ डायरी, समाचार, संसार
उत्तर कोरियामाथि विभिन्न प्रकारका अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइसकिएको छ । यति हुँदा हुँदै पनि उत्तर कोरिया आफ्नो ताकत बढाउन प्रयासरत छ । अहिले उत्तर कोरिया र अमेरिकाबिचको विवाद उत्कर्षमा पुगेको छ । एकातर्फ अमेरिका किम जोंग उनमाथि लगाम लगाउने कोसिस गरिरहेको छ भने दोस्रोतर्फ उत्तर कोरिया प्रतिबन्धलाई मान्ने पक्षमा छैन जसका कारण यसले विभिन्न समयमा हमलाको धम्की दिइरहेको छ । १८ अक्टोबरमा उत्तर कोरियाले परमाणुयुक्त मिसाइल परिक्षण गर्ने बताइएको छ । अब उत्तर कोरिया अमेरिकाका लागि टाउको दुखाई बनिसकेको छ । आउनुहोस् अमेरिका र उत्तर कोरियाको सैन्य ताकत कति छ, यसबारे जानकारी लिऔं । उत्तर कोरियासँग कूल १ करोड ३० लाख सैनिक छन् । उता अमेरिकासँग १४ करोड ५२ लाख सैनिक छन् । मिलिट्री सेटेलाइटमा अमेरिका यति शक्तिशाली छ कि यदि उत्तर कोरियामा एउटा चरा उडेको देखिएपनि अमेरिकी सेटेलाइट त्यसमाथि ड्रोन ह...
विप्लब माओवादी नेता पक्राउ, रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

विप्लब माओवादी नेता पक्राउ, रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

समाचार
पूर्णपुष्टि, असोज २७ गते । गाईघाट– नेपाल कम्युनिष्ट पार्टी (विप्लब समुह) उदयपुरले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना एक जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति प्रकट गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी बाबुराम शर्माले विज्ञप्ती जारी गर्दै एकदिन अघि जिल्ला कमिटि सदस्य मानबमादुर दनुवारलाई त्रियुगा नगरपालिका वडा नं. ७ को कार्यालयबाट विना कारण पक्राउ गरेको भन्दै आपत्ति प्रकट गरेको हो । अपहरणको शैलीमा पक्राउ गरिएको भन्दै अबिलम्ब रिहाको माग गरेको छ । स–सम्मान रिहा नगरेमा गृह प्रशासनविरुद्ध कडा संघर्षमा जाने चेतावनी विज्ञप्तीमार्फत दिइएको छ । यता, जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले दनुवार पक्राउको पुष्टि गरेका छन् । डिएसपी मेघराज अधिकारीले दनुवारलाई पार्टीको हैसियतले भन्दा पनि कुनै घटनाक्रमको सन्दर्भमा सोधबुझ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । अनुसन्धानपछि म...
कटारीमा ट्राफिक संकेत बोर्डहरु राखिए

कटारीमा ट्राफिक संकेत बोर्डहरु राखिए

समाचार
पूर्णपुष्टि, असोज २७ गते । कटारी– सवारी साधन दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ कटारीको विभिन्न ठाउँमा ट्राफिक संकेतका बोर्डहरु राखिएक छन् । बजार क्षेत्रका विभिन्न ठाउँमा गति सिमित , हर्न निषेध, चौबाटोको संकेत दिने बोर्डहरु राखिएको अस्थायि ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख डिबी दियालीले बताए । कटारी बजारको प्रवेश गर्ने स्थानमा नगरपालिकाको सहयोगमा अस्थायि ट्राफिक पोष्टको कार्यालय स्थापना भएपछि सवारी चेकजाँच तथा अन्य कामहरु व्यवस्थित भएको छ । तर, कटारी बजार क्षेत्रमा अभैm पनि व्यवस्थित पार्किङ्ग हुन नसक्नु , जथाभावि सडकमै व्यापारिक कार्य हुनु , आप्mना घरका निर्माण सामाग्रीहरु सडकमै राख्नु, जेब्रा क्रसिंङ्ग नहुनु, पैदल यात्रा सडकबाटै हुनुले ट्राफिक चुनौती भने कायमै रहेको दियालीले बताए । यसका कारण बजार अवस्था पनि कुरुप पार्नुका साथै दुर्घटनाको जोखिम बढाएको उनले बताए । कटारी ज...
प्राकतिक प्रकोप न्यूनिकरणका लागि प्रतिबद्धता

प्राकतिक प्रकोप न्यूनिकरणका लागि प्रतिबद्धता

समाचार
पूर्णपुष्टि, असोज २७ गते । गाईघाट–हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको ११ तारीखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिए अनुरुप उदयपुरमा पनि अन्तरक्रिया गरी मनाइएको छ । हाम्रो घर, सुरक्षित घर भन्ने नाराका साथ दिवस मनाइएको हो । आकस्मिकपमा आउनसक्ने प्राकृतिक विपत्तिको बारेमा जिल्लास्थित सरकारी निकाय, गैरसरकारी संघसंस्था, सञ्चारजगतको के कस्तो तयारी अवस्था छ र के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेर जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया भएको हो । प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा सुरक्षा निकायका प्रमुखहरु, प्राकृतिक जोखिम न्युनिकरणका लागि काम गर्ने संघसंस्था, जनस्वास्थ्य कार्यालय, पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । सहभागिहरुले खासगरी उद्धारको निम्ति भरपर्दो जनशक्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी र न...
प्रहरी दिवसमा सहिद परिवार सम्मानित, असल प्रहरी र विजयी खेलाडी पुरस्कृत

प्रहरी दिवसमा सहिद परिवार सम्मानित, असल प्रहरी र विजयी खेलाडी पुरस्कृत

समाचार
काेपिला पुलामी मगर पूर्णपुष्टि, असोज २७ गते । गाईघाट–सहिद प्रहरीलाई स्मरण र उनीहरुको परिवारलाई सम्मान गर्दै उदयपुरमा ६२ औं प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरद्वारा एक विशेष समारोहको आयोजना गरी दिवस मनाइएको हो । समारोहमा विभिन्न सहिद प्रहरीको स्मारकमा माल्यार्पण गर्दै स्मरण गरिएको थियो भने परिवारका सदस्यहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै प्रहरी संगठनमा असल काम र कुशल कर्तव्यपालक प्रहरीहरुलाई पुरस्कृत पनि गरिएको थियो । पुरस्कृत हुने प्रहरीहरुमा प्रहरी नायव निरिक्षकद्वय बुद्धिमान चोम्वाङ र शंकर खतिवडा, प्रहरी हवल्दारत्रय सुरेन्द्र लम्साल, कुलप्रसाद पाण्डे र भविन्द्रबहादुर सुवेदी तथा प्रहरी जवानद्वय राजेशकुमार राउत र सन्देश तामाङ रहेका छन् । उनीहरुलाई जनही एकहजार नगदसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी दिवसको अवसरमा प्रहरीद्वारा आयोजित जिल्ला स्तरीय व...
व्याड्मिन्टनमा बलबहादुर र दिपकको जोडी प्रथम, बीतर्फ भेषराज र एकराज प्रथम

व्याड्मिन्टनमा बलबहादुर र दिपकको जोडी प्रथम, बीतर्फ भेषराज र एकराज प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २६ गते । गाईघाट–उदयपुर जिल्लास्तरीय व्याड्मिन्टन प्रतियोगितामा बलबहादुर कार्की र दिपक राईको जोडीले प्रथम स्थान हाँसिल गरेको छ । १५–२१, २१–९ र २१–१९ को डिसाईडिङ खेलमा ताराचन राई र गोविन्द थापाको जोडीलाई पछि पार्दै उक्त जोडी प्रथम भएको हो । तेस्रोसेटमा २ अंकले पछि परेपछि राई र थापाको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । धनकुमार श्रेष्ठ र रुवेन राईको जोडी तथा हिमाल श्रेष्ठ र सरोज खवासको जोडी तेस्रो भएका छन् । “बी” डिभिजनतर्फको खेलमा बेल्टारका भेषराज मगर र एकराज मगरको जोडीले प्रथम स्थान हाँसिल गरेका छन् । उक्त जोडीले २१–१९ र २२–२० को सोझोसेटमा जीत सुनिश्चित गरेको हो । पुरनचन्द भट्ट र प्रकास बस्नेतको जोडी दोस्रो भए । राजेश चौधरी र इश्वरीदत्त भट्टको जोडी तथा तुला मगर र यमन दनुवारको जोडी तेस्रो भए । ६२ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उद...
व्याड्मिन्टन प्रतियोगिता सन्चालन

व्याड्मिन्टन प्रतियोगिता सन्चालन

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २५ गते । गाईघाट–६२ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला व्याड्मिन्टन संघको आयोजनामा गाईघाटमा व्याड्मिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । त्रियुगा नगरपालिका र त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको प्रायोजनमा डबल्स व्याड्मिन्टन प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा ए र बी डिभिजन गरी ४० जोडीले प्रतियोगितामा भाग लिएका छन् । ए तर्फ ८ जोडा र बी टर्फ ३२ जोडाले भाग लिएका छन् । प्रतियोगिताका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जिल्लाका कटारी, जलजले, बेल्टार, बसाहा लगायतका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । बिहिबार फाईनल खेल हुने प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा सन्चालन भईरहेको छ । पहिलो दिन पहिलोचरणको सबै ...