फरारको आशंकामा मोटरसाईकलसहित एक पक्राउ, क्षतिपूर्तीको सहमतिपछि चक्काजाम खुल्यो
उदयपुर-बालिकालाई ठक्करदिई फरार भएको आशंकामा एक युवालाई मंगलबार मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाभन्दा बाहिरबाट नियन्त्रणमा लिइएको युवा र मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय उदयपुर लगिएको प्रहरीले जनाएको छ ।
हिजो उदयपुरको बेलाका नगरपालिका ५ मा सोही ठाउँकी ७ बर्षिया बालिका आरती सदालाई कालो रंगको बुलेट मोटरसाईकलले ठक्कर दिई फरार भएको थियो ।
ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारका लागि न्यूरो हस्पिटल विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।
खोजतलासको क्रममा पक्राउ परेको मोटरसाईकल र चालक जिल्लामा ल्याई बेलुकासम्ममा सोधपुछ तथा अनुसन्धान गरी किटानी हुने प्रहरी नायव उपरिक्षक मेघराज अधिकारीले बताए ।
पिडितद्वारा चक्काजाम, कारवाही र क्षतीपूर्तीको सहमति
यसैबीच पिडित पक्षले पिडकलाई कारवाही र पिडितलाई क्षतिपूर्तीको माग गर्दै मंगलबार विहानै रामपुर–चतरा सडकमा चक्...








