आयुर्वेद उपचार भरपर्दो उपचार, अव गाईघाटमै पञ्चकर्म, षट्कर्म, योगा र अकुप्रेशर सेवा
पूर्णपुष्टि/उदयपुर, बैसाख ४ गते
-सगरमाथा अञ्चल आयुर्वेद औषद्यालयले सेवा विस्तार गर्दै पञ्चकर्म, योगा, षट्कर्म र अकुपे्रसर सेवा मंगलबारदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ ।
केही दिनयता सञ्चालनमा रहेको विस्तारित सेवाहरुको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले उद्घाटन गरेसंगै औपचारिकता पाएको हो । प्रमुख अतिथि परियारले पछिल्लो समय सर्बसाधारणले आयुर्वेदीक चिकित्साको महत्व र फाईदा बुभ्mदै गएको बताउनुभयो । आयुर्वेदिक चिकित्सा परम्परागत उपचार पद्धति पनि भएकाले यसका असर कम र फाईदा धेरै हुने भएकाले यसको विस्तारमा राज्यले ध्यान पुर्याउनुपर्ने बताउनुभयो । विशेष अतिथि प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आयुर्वेदीक चिकित्सा पद्धती भरपर्दो उपचार पद्धती भएकाले विरामीले धेरै भन्दा धेरै लाभ लिन सक्ने बताउनुभयो ।
औषद्यालय सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् त्रियुग...









