प्रहरीको कुटपिटबाट उम्मेदवारसहित ४ जना घाईते
पूर्णपुष्टि, जेठ ४ गते ।
प्रहरीले कुटपिट गर्दा संखुवासभाको मादी नगरपालिकाका माओवादीकातर्फबाट प्रमुखका उम्मेदवारसहित चार जना घाईते भएका छन् । प्रहरीको कुटपिटबाट गठबन्धन तर्फबाट प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका दावाछत्र शेर्पासहित चार जना घाइते भएका छन् ।
गएराति १० बजे प्रमुख पदका उम्मेदवार शेर्पा खाना खाएर मतगणना स्थल तर्फ जाँदै गर्दा प्रहरीले निर्घात कुटपिट गरेको बताए ।
उम्मेदवार शेर्पाको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ । मादक पदार्थ सेवन गरेका प्रहरीले उम्मेदवार शेर्पाको घरमै गएर श्रीमती र छोरोलाई समेत कुटपिट गरेको उनले बताए । प्रहरीको कुटपिटबाट उम्मेदवार शेर्पाको श्रीमती, छोरा र श्रीमती समेत घाइते भएको उनले बताए ।
प्रहरीको कुटपिटबाट काँग्रेस कार्यकर्ता श्याम शेर्पा समेत घाइते भएको छन् । प्रहरीको कुटिपिटबाट शेर्पाको हात बाँचिएको छ । प्रहरीको कुटपिट गम्भिर घाइते भएका श...
