Saturday, May 16News That Matters

अनुमति नलिई मेडिकल सञ्चालन गर्ने दुई जना पक्राउ

पूर्णपुष्टि, असार २ । कञ्चनपुरमा अनुमति नलिई मेडिकल सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ को बडैपुरमा मेडिकल पसलका सञ्चालक ३५ बर्षीय शान्तिरजन बैरागीर र वडानम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक ३९ बर्षीय गोकुल मण्डल रहेका छन् ।

उनिहरुलाई अनुमति नलिई मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा बिरामीको उपचार गर्ने गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको गिरीले बताए ।