
पूर्णपुष्टि/ उदयपुर/ मंसिर २९ गते ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ४ बगाहामा आगलागी बाट नष्ट भएको पोल्ट्री फर्म श्रम सिविर मार्फत निर्माण गरिएको छ । शनिवार नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष मधुकर थापाको नेतृत्वमा जिल्ला र नगर समितिको आयोजनामा श्रम सिविर संञ्चालन गरिएको थियो । दियालीको काली पोल्ट्री फर्म गत चैत्र १५ गते फर्म आगलागीमा परेको थियो । करिब १० हजार क्षमता भएको कुखुरा फर्म आगलागी बाट पूर्ण रुपमा ध्वस्त हुँदा करिब २५ लाख बरावर क्षती पुगेको थियो । उद्योगीलाई समस्या पर्दा सहयोग गर्ने हो भने व्यवसायीहरुको मनोवल बढ्ने भन्दै श्रम मार्फत फर्म निर्माण गरिएको उपाध्यक्ष थापाले बताए । श्रममा उपाध्यक्ष थापा सहित जिल्ला कमिटी अध्यक्ष साहिमा किराती, वरिष्ठ उपाध्यक्ष ज्ञानु प्रधान, नगर कमिटी अध्यक्ष रुद्र श्रेष्ठ लगायत ब्यव्क्तिहरुको उपस्थिति रहेको थियो । फर्ममा छानो निर्माण कार्य भैरहेको छ ।
