
पूर्णपुष्टि ,चैत २३
प्रदेश १ का दुई छुट्टा छुट्टै स्थानमा आईतबार भएको आगोलागीबाट २० लाख भन्दा बढीको क्षेती भएको छ ।
हिजो साढे ३ बजे धनकुटा सहिदभुमी–१ त्रिबेणी सामुदायिक वनबाट सल्केको आगोले सोही स्थानको जगदेउ बस्ने नर बहादुर बोगटीको ढुङगा माटो, टिनको छानो भएको १ तले घर र घर भित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन, गोठ र गोठ भित्र रहेको ४ वटा बाख्रा जलेर नष्ट भएको हो ।
त्यसैगरी निजकै छोरा राज बहादुर बोगटीको ढुङगा माटो काठ फुसको घर भएको १ तले घर, घर भित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन जली नष्ट हुँदा अन्दाजी आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उक्त आगो प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको सो प्रहरीले जनाएको छ ।
त्यस्तै हिजै बेलुका ५ बजे मोरङ पथरी शनिस्चरे–६ जयनेपाल चौक बस्ने लक्ष्मी कठेतको गाईगोठमा सुकेको घास थ्रेसरले टुक्रयाउने क्रममा थ्रेसरबाट निस्किएको आगोको झिल्का आग्लागी भएको थियो ।
्आगलागी हुँदा सिमेन्टिको खम्बा, काठको भाँटा, टिनको छानो भएको ३६ फिट चौडाई ६५ फिट लम्बाई भएको गाईगोठ जली पूर्ण रुपले नष्ट हुँदा अन्दाजी १२ लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
उक्त आगो प्रहरी, स्थानियबासी र दम्कलको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
