
पूर्णपुष्टि, फागुन ६ । भोजपुरमा एकै घरको तिन जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा हतुवागढी गाउँपालिका–७ पिप्लेका केदार कार्कीको ५ बर्षीय छोरा प्रनिष कार्की, रमेश कार्कीको ७ बर्षीय छोरी दिप्सिका कार्की र दिप्सिकाकै भाई ३ बर्षीय दिउनिस कार्की रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बिहिबार साँझ पौने ७ बजे घरमा कोही नभएको अवस्थामा अचानक गाईगोठमा आगोलागी हुँदा खेल्दै गरेका एकै घरका दाजुभाईका ३ जना बालबालिको मृत्यु भएको हो । केदार कार्की र रमेश कार्की दाजुभाई हुन् । घटना घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
