
पूर्णपुष्टि, कार्तिक १६
तेह्रथुममा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको ज्यान गएको छ, भने सह–चालक घाइते भएका छन् । जिल्लाको फेदाप गाउँपालिका–२ भित्री सडक खण्डमा ओसीडाँडा देखी सदरमकुकाम म्याङलुङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
ट्रक चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारी र सह–चालक २४ वर्षीय सुदिप राई घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल म्याङलुङ पठाईएकोमा उपचारको क्रममा चालक अधिकारीको ज्यान गएको तथा सह–चालकको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
