Wednesday, June 17News That Matters

आज १ नं प्रदेशसभामा नामकरणको प्रस्ताव पेश हुने

पूर्णपुष्टि, फागुन १७ । आज १ नं प्रदेश सभामा प्रदेशको नामकरणको प्रस्ताव पेस हुने भएको छ । १ नं प्रदेशको नेत्तृत्व गरिरहेको एमाले र प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसबिचको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा पेश हुन लागेको हो ।

पहिलो कार्यकालबाट प्रदेशको नाम टुङ्गो लगाउन नसकेको प्रदेश सरकारले दोस्रो कार्याकलको पहिलो अधिवेशन देखि नै प्रदेशको नामकरण गर्ने प्रयास गरिरहेको छ । प्रदेशको नाम कोशी राख्न सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच सहमति भईसकेको छ ।

प्रदेश १ मा स्थानीय पहिचानको आधारमा नामकरण गर्नुपर्नेमा सरकारको नेत्तत्व गरिरहेको नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाउँदै आएका छन् ।

६ वटा प्रदेशमा नाम टुङगो लागीसकेको छ भने १ नं प्रदेशको मात्र नामकरण गर्न बाकिरहेको छ । अघिल्लो प्रदेश सरकारबाट राजधानीको टुङ्गो लागेपनि नामकरण भने गर्न सकेको थिएन् । प्रदेश १ को नाम बहु पहिचान, भुगोल वा पहिचानको आधारमा गर्ने भन्ने बिषयमा दलहरुबीच सहमती हुन नसक्दा नामकरण हुन सकेको थिएन् ।

नेपालको संविधान अनुसार प्रदेशको नामकरणका लागी प्रदेशसभाको दुई तिहाई मत चाहिने हुन्छ । १ नं प्रदेशमा जम्मा ९३ जना सांसद रहेको छ भने प्रदेशको नामकरणका लागी ६३ जना सांसदको मत चाहिन्छ ।

प्रदेश १ मा एमालेको सबै भन्दा बढी सांसद रेहेको छ । एमालेसँग ४० सांसद छ भने दोस्रोमा नेपाली काग्रेससँग २९ सांसद, त्यस्तै माओवादीसँग १३ सांसद, राप्रपासँग ६ सांसद, नेकपा एकीकृत समाजवादीसँग ४ र जसपासँग १ जना सांसद रहेको छ । दलहरु विभाजित भएका कारण कसैको पनि दुई तिहाई मत पुग्न सक्ने सम्भावना कम रहेको छ । त्यसैले सर्वसहमतिमा नामाकरणको टुंगो लगाउने तयारी गरिएको नेताहरु बताउँछन् ।