
पूर्णपुष्टि, बैशाख २२ । उदयपुरको सदरमुकाम गाईघाटस्थित साकेला टोलमा आजदेखी प्रथम स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिता सुरु हुदैँछ ।
साकेला युवा समूहद्धारा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन खेल दिउँसो २ बजे साउने फुटबल क्लब साउने र भचुवा फुटबल क्लब रामपुरबिच हुनेछ । पहिलो पटक हुन लागेको प्रतियोगितामा आयोजक ए र बि सहित १० ओटा टिम सहभागी रहेको छ । आजदेखी संञ्चालन भएको प्रतियोगिताको फाईनल खेल बैशाख २९ गते हुनेछ ।
प्रतियोगिताको बिजेता टिमले रु २५ हजार नगद ट्रफि र प्रमाण पत्र पाउने छ भने उपबिजेताले नगद रु १५ हजार ट्रफि र प्रमाण पत्र पाउने आयोजक साकेला युवा समूहले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक स्वर्गिय दिपक राईको श्रीमती गिता राई रहेकी छिन् । खेलको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार वस्नेतले गर्ने भएको छ ।
