Thursday, June 18News That Matters

आजबाट मौसममा सुधार, केही पहाडी भु–भुगमा सामान्य बदली हुने

पूर्णपुष्टि, बैशाख २२ । आजबाट मौसममा सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण बदली र वर्षात् भइरहेको जानकारी दिएको छ ।

शुक्रबार पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती, कोशी लगायतका अन्य प्रदेशका केही पहाडी भु–भागमा समान्य बदलीदेखी वर्षा हुने र बाकीँ भु–भागमा भने मौसम सफा रहने मौसमविद् गोविन्दकुमार झाले बताए । उनका अनुसार कोशी र वाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना देखिनेछ । अहिले प्रिमनसुनको अवधि भएकाले बदली र वर्षाको सम्भावना देखिएको हो।