
पूर्णपुष्टि, २५ माघ ।
होटल व्यसायी तथा पर्यटन व्यवसायी इश्वरमान साम्पाङ राई उदयपुर ह्याङग्लाडिङ तथा प्याराग्लाईडिङ संघको अध्यक्षमा चयन भएको छ । राईको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ सङ्घका केन्द्रीय अध्यक्ष भूपाल राई तथा केन्द्रीय सदस्य महेन्द्र राईको उपस्थितिमा शुक्रबार गाईघाटमा आयोजित ‘जिल्ला समिति घोषणा कार्यक्रम’मा साम्पाङ नेतृत्वमा समिति चयन गरिएको थियो ।
निर्वाचन समिति संयोजक जिवनी बान्तवाले नवगठित जिल्ला समितिको घोषणा गरिन् । जिल्लामा कार्यरत प्याराग्लाईडिङ व्यवसायीहरुको बिहीबार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको बान्तवाले जानकारी दिइन् ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा सुजन राई, सचिवमा जितेन्द्र राई, सहसचिवमा शिला राई, कोषाध्यक्षमा सुनिता रेग्मी राई चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यमा भुपाल राउत, करिना राई, ईश्वर मगर, सन्तोष कार्की र अमिन राई चयन भएका छन् । जिल्लाका ८ वटै स्थानीयतहबाट प्रतिनिधित्व गराउने हिसावले समिति चयन गरिएको हो ।

