Friday, June 19News That Matters

ईनरुवाको मन्दिरबाट दान पेटिका चोरी गरेको अभियोगमा युवक पक्राउ

पूर्णपुष्टि, भदौ २४ गते ।
सुनसरी जिल्लाको ईनरुवामा स्थित रामजानकी मन्दिरमा चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेको छ । ईनरुवा नगरपालिका–४ बस्ने बर्ष २३ को रोशन कुमार यादवलाई चोरी गरेको अभियोगमा पक्राउ गरेको हो । यादवले सो स्थानमा रहेको रामजानकी गठी मन्दिरको २ वटा दान पेटिकाहरु फुटाई १ लाख २५ हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।
यादवलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको र प्रारम्भिक अनुसन्धानको क्रममा अभियुक्त लागुऔषध दुर्व्यसनि र पटक–पटक ईनरुवा क्षेत्रमा चोरीमा संग्लन रहेको प्रहरीले भनाई रहेको छ ।