
पूर्णपुष्टि, साउन १ । जिल्ला अदालत उदयपुरले एक आर्थिक वर्षमा १ हजार २२६ मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष ०७९÷०८० मा जम्मा २ हजार ३४ मुद्दा मध्ये ६० दशमलब २७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो । तीनजना न्यायाधीससहित ५० जना कर्मचारीको कार्यसम्पादनबाट उक्त संख्याको मुद्दा फछ्र्यौट भएको हो ।
८०८ मुद्दा पछ्र्यौट बाँकी रहेको अदालतले जनाएको छ । मुद्दाको प्रकृति हेर्दा देवानीतर्फ १ हजार ३०१ मध्ये १३ वटा फछ्र्यौट भएका छन् । दोस्रोमा सरकारवादी फौजदारी ४१९ मध्ये २५६ वटा मुद्दा मछ्यौट भएका छन् । दुनियावादी फौजदारी २७० मध्ये १२ मुद्दा फछ्यौट भएका छन् । २१ वटा रिट मध्ये १० वटा र पुनरावेदन २३ मध्ये १९ वटा फछ्र्यौट भएका छन् ।
उक्त आर्थिक वर्षमा विषयगत विवरण हेर्दा सम्बन्ध विच्छेद सबैबन्दा बढि छ । ४५५ मुद्दा मध्ये ३३६ वटा फछ्र्यौट भई ११९ वटा बाँकी रहेका छन् । जबरजस्ती करणी र लागुऔषध बराबरी ६० वटा रहेका छन् । बहुविवाह र बालविवाह १६ वटा र घरेलु हिंसा त्यतिकै संख्यामा रहेका छन् भने मानव वेचविखन ४ वटा मुद्दा रहेका छन् ।
अदालतका मुख्य न्यायाधीश कृष्णप्रसाद सुवेदीले सबैभन्दा बढि मुद्दा ५०४ वटा, हरिकृष्ण श्रेष्ठले २८३ र न्यायाधीश नवराज दुलालले ४१७ वटा मुद्दा फछ्र्यौट गरेका हुन् । त्यसैगरी सरुवा सरुवा हुनु भएका न्यायाधीश दीपक खनालले ३, माधवप्रसाद सुवेदीले ७ र उत्तम सिलुवालले १२ वटा मुद्दा सो आर्थिक वर्षमा फछ्र्यौट गरेका हुन् ।
मेलमिलापतर्फ ६२० वटा मेलमिलाप हुनसक्ने मध्ये ३६८ वटा मेलमिलापको आदेश भएका थिए । जसमध्ये ८० वटा मात्र सफल र २५० वटा असफल रहेका छन् । मेलमिलाप केन्द्रमा ३८ वटा मुद्दा रहेका छन् । सो अदालत अन्तर्गत ४ हजार ५३ जना कैद जरिवाना लागेका ब्यक्तिहरु रहेको जनाइएको छ । जसमध्ये ३०६ जनाबाट असुल भएको छ भने ४ हजार ५४७ जना बाँकी छन् । कैदतर्फ २ हजार ७६१ वर्ष ११ महिना २७ दिन मध्ये ६२० वर्ष ५ महिना १७ दिन फछ्र्यौट भएको छ भने २ हजार १४१ वर्ष ६ महिना १० दिन बाँकी छ । जरिवाना उठाउनतर्फ २१ करोड ७३ लाख २ हजार ६४० रुपैया मध्ये ३ करोड ७२ लाख ३८ हजार ६३१ रुपैया असुल भएको छ भने १८ करोड १ लाख ९ रुपैया बाँकी छ ।
२१२ वटा क्षतिपुर्तीको १ करोड ३७ लाख १४ हजार ८२५ मध्ये ५ लाख २४ हजार ५० रुपैया असुल भएको छ भने १ करोड ३१ लख ९० हजार ७७५ रुपैया बाँकी रहेको छ । सो आर्थिकवर्षमा अदालतले २१ वटा सवारी साधन लिलामी गरेको जनाएको छ । आज अदालतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वार्षिक प्रतिवेदन सार्बजनिक गरिएको थियो । मुख्य न्यायाधीश सुवेदीले प्रगति प्रतिवेदनमाथि पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए । अदालतको लक्ष्य नजिक कार्य सम्पादन र प्रगति हात लागेको न्यायाधीश सुवेदीले जनाए ।
