
पूर्णपुष्टि, असार २७ गते ।
जिल्लाको एकमात्र सरकारी अस्तताल उदयपुर अस्पतालमा बिरामीको अत्याधिक चाप देखिएको छ । भाइरल ज्वरो, झाडा–पखाला लगायतका समस्या लिएर बिरामी अस्पताल आएका छन् । यस्तै प्रसुती वार्डमा समेत बिरामीको चाप देखिएको छ ।
अस्पतालको वेड क्षमता ५० भएपनि दैनिक ४५० बढी बिरामी उपचार गराउन आउने गरेको मेडिकल सुपरिटेन्डेट मुकेशकुमार झाले बताए । उनकाअनुसार अस्पतालमा आवश्यक भौतिक पूर्वाधार नहुँदा बिरामीको उपचारमा समस्या भैरहेको छ ।
अस्पतालमा क्षमताभन्दा बढी बिरामी आएसँगै बाहिर राखेरसमेत बिरामीको उपचार भैरहेको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्तिको अभावले उपचारमा समस्या भएको संघ र प्रदेशले बजेटको व्यवस्था गर्नुपर्ने जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गोर बहादुर विश्वकर्माले बताएका छन् ।
