Sunday, June 21News That Matters

उदयपुर म्यादी प्रहरीका लागि २५ सय जनाले दिए लिखित,फोटोफिचर सहित

पूर्णपुष्टि, चैत्र १८
नजिकिएको स्थानीय चुनावलाई लक्षित गर्दै देशैभरी म्यादी प्रहरी छनोट प्रक्रिया निरन्तर चलिरहेको छ । यसै शिशिलामा उदयपुरमा पनि शुक्रबार म्यादि प्रहरी छनोट अन्तरर्गत लिखितको परिक्षा भएको छ । ९ सय ५८ जनाको कोटामा करिब ४ हजार बराबरले आवेदन दिएको थिए ।

उक्त छनोट प्रक्रिया अनुसार लिखितमा २५ सय जना छानिए । अब लिखित बाट मौखिका लागि १७ सय जना मात्र छानिने जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास चन्द्र बोहोराले जनाए । एसपी बोहोराले लिखित सम्बन्धि नियमको निर्देशन गर्दै सम्पूर्णलाई परिक्षामा उतिर्णको लागि शुभकामना दिँदै यो निकै प्रतिस्पर्धाको परिक्षा रहेको समेत सुझाएका थिए ।

बिभिन्न सुरुवाती चरण देखिनै छानीने क्रममा लिखित सम्म आईपुग्दा करिब २५ सय जना मात्र सहभागी हुन सफल भएका थिए । छनोट भएकाहरुलाई गाईघाट स्थित थारुहट रंगशालामा परिक्षा गराईएका थिए ।

सम्पूर्ण प्रहरी युनिट सहित जिल्ला प्रमुख अधिकार र संञ्चारकर्मीहरु समेत सहभागीमा परिक्षा गराईएका थिए । लिखितमा पास हुनेहरुलाई तत्कालै मौखिकमा सभागी गराई मौखिकमा पनि नाम निकाल्नेहरुलाई भने आसन्न स्थानीय चुनावमा प्रहरी जवान सोसरह जिम्मेवारी दिई काममा लगाईने जनाईको छ ।

फोटोफिचर