
पूर्णपुष्टि, २ जेष्ठ ।
धारासाय उदयपुर सिमेन्ट उद्योगलाई सहज बनाई पून ः सञ्चालन गर्न दवाव दिईको छ । उद्योग बचाउ खबरदारी समितिले उद्योगको गेटमा एक घण्टा धर्ना बसी उद्योग संञ्चालन गर्न दवाव दिईएको हो । समतिका सचिव तथा वडा नं ६ का वडा सदस्य प्रवेश खड्काका अनुसार मंगलबार ९ बजेदेखी १० बजे सम्म धर्ना बसिएको हो । उद्योग अहिले पूर्ण रुपमा वन्द छ । ३५ औँ साधारणसभा पश्चात विवादमा रहेको उद्योगलाई भ्रष्टहरुले बन्दको अवस्थामा पुराएको नागरिक समाज तथा स्थानीयहरुले जनाएको छ । उद्योग बन्द गर्न नदिन र भ्रष्ट कर्मचारी तथा माहाप्रवन्धकलाई जिम्मेवारी बाट पछि नहट्न दवाव दिईएको समितिका संयोजक राधारमण खतिवडाले जनाए ।

