Saturday, June 6News That Matters

उदयपुरका जनप्रतिनिधी काठमाण्डौमा सम्मानित

पूर्णपुष्टि,असोज ८ गते ।

उदयपुरका जनप्रतिनिधी काठमाण्डौमा सम्मानित भएका छन । नेकपा माओवादी केन्द्र उदयपुर काठमाण्डौ सम्पर्क समन्वय समितिले जनप्रतिनिधीहरुलाई सम्मान गरेको हो ।
माओवादी केन्द्रका पोलिटव्युरो सदस्य राम कार्की, केन्द्रिय सदस्य सुरेश राई हिमाल लगायतले सम्मान गरेका थिए ।

सो सम्मान कार्यक्रम माओवादी केन्द्रको कार्यलय पेरिसडाडामा भएको थियो । उक्त कार्यक्रममा लिम्चुङवुङ गाउपालिकाका अध्यक्ष मेजर राई , रौतामाइ गाउपालिकाका अध्यक्ष विरेन्द्र मगर, ताप्ली गाउपालिकाका अध्यक्ष ढुङराज विकलाई सम्मान गर्दै प्रशंसा पत्र दिइएको थियो ।

यस्तै वडाअध्यक्षहरु मान वहादुर राई , हेम वहादुर मगर , गणेश तिम्सिना लगायतलाइ सम्मान गरिएको थियो । सोही कार्यक्रममै अखिल नेपाल फुटवल संघ (एन्फा) का महासचिव किरण राईलाइ पनि सम्मान गरिएको थियो । उनी उदयपुरका पुराना खेलडीसमेत हुन ।