Saturday, April 25News That Matters

उदयपुरका प्रजिअ लुईटेलद्धारा सप्तकोशी नदी जोखिम क्षेत्रको स्थलगत निरिक्षण

पूर्णपुष्टि, साउन १९ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले बेलका नगरपालिका आसपास सप्तकोशी नदी जोखिम क्षेत्रको स्थलगत निरिक्षण गर्नुभएको छ ।

केहिदिन यता बर्षा सुरु भएसँगै नदिमा पानिको बहाव बढेपछि सोमबार प्रजिअ लुईटेल नेतृत्वको टोलीले बेलकाको जोखिम क्षेत्र वडा नं. २, ३, ८ र ९ को कोशी तटिय क्षेत्रको स्थलगत निरिक्षण गरेको हो ।

प्रजिअ लुईटेलले जोखिम क्षेत्रको निरिक्षण गर्दै नदिको बहाब बढेर बस्तीतर्फ पस्ने खतरा देखिएमा तत्काल उद्धारका लागी सुरक्षाकर्मीहरु तयारी अवस्थामा राखिएको बताउनुभयो । विगत ७ बर्षदेखी कोशी नदीले धार परिवर्तन गरी पश्चिम तर्फ कटान गर्दै आईरहेको कारण बस्तीहरु ठुलो जोखिममा पर्ने सम्भावना रहेको भन्दै बस्ती वरिपरीका स्थानियहरुलाई सचेत रहन समेत आग्रह गरिएको छ ।

बेलका नगरपालिकाले सप्तकोशी नदीको पनि बस्ती तर्फ आउन नदिन विगतमा ठेक्का सम्झौता भएको नदि नियन्त्रणको कामलाई तिव्रता दिन सम्बन्धित निकायसँग आग्रह समेत गरेको बताईएको छ । अनुगमन टोलीमा प्रजिअ लुईटेल सहित प्रहरी नायव उपरिक्षक (एसपी) हरिहरनाथ योगी, प्रमुख सेनानी मनोज कार्की, बेलकाकी उपमेयर जिरा राई, प्रमुख प्रशासकिय अधिकृत रवि किरण आचार्य लगायतको उपस्थित रहेको थियो ।