Thursday, April 30News That Matters

उदयपुरका ५ जनालाई राष्ट्रिपतिद्धारा पदक

पूर्णपुष्टि, वैशाख २ गते ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उदयपुरका ५ जना विभिन्न पदकबाट सम्मानित भएका छन् । रामवती चौधरी, नेतृ मिरा कटुवाल,नारायण बहादुर कार्की र चिकित्सक डा हेमराज कोईराला राष्ट्रपतिबाट सम्मानित भएका हुन् ।
उदयपुर । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उदयपुरका चार जना विभिन्न पदकबाट विभुषित भएका छन ।उदयपुरका राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशित चार जना व्यक्तित्वले राष्ट्रपतिबाट नयाँ बर्षको अवसरमा एक समारोह विच विभुषित बनेका हुन ।

बिरेन्द्र वस्नेत

संविधान दिवस २०७८ को अवसरमा घोषणा भए बमोजिम उदयपुरका सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल चार जना सम्मानित भएका हो । चौधरी र कटुवाल ‘जनसेवा श्री’ पदक र कोईराला र कार्कीले ‘प्रसिद्ध प्रवल जनसेवा श्री’ पदक प्राप्त गरेको राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ ।
सामुदायिक रेडियो उदयपुरका संस्थापक तथा लामो समय देखी महिला अधिकार र शसक्तिकरण तथा महिलावादी अवधारणाको पैरबी गर्दै महिला हिंसा बिरुद्धको अभियानमा सक्रिय ओरेक उदयपुरको पूर्व अध्यक्ष त्रियुगा नगरपालिका–८ की रामवती चौधरीले जनसेवा श्री पदक प्राप्त गरेकी छिन । भने नेपाल विद्यार्थी संघकी नेतृ मिरा कटुवाललाई पनि सरकारले जनसेवा श्री पदक दिएको छ । कटुवाल विद्युतिय धरापमा परेकी थिईन । धरापमा परेर उनले एउटा खुट्टा गुमाउनु परेको छ ।
पदक पाउने कार्की नेपाली काग्रेसका केन्द्रीय सदस्य हुन । उनी २०७४ को संसदीय चुनावमा उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभामा उम्मेद्वार बनेका थिए । चुनाव प्रचार प्रसारको क्रममा २०७४ मंसिर १३ गते नेपालटारको दनुवार वेसीमा अज्ञात समूहले राखेको विद्युतिय धरापमा परी उनको एउटा खुट्टा गुमाएका छन । भने डा कोईराला उदयपुर त्रियुगा नगरापालिका ११ स्थायी घर भई चितवन स्थित योगी नरहरीनाथ योग तथा चिकित्सालयमा निर्देशक पदमा कार्यरत छन ।
यसअघि उदयपुर जिल्लाबाट कुनै पदक प्राप्त गर्न कठिन हुने उदयपुर जिल्लामा चार जनाले पदक पाउनु समग्र उदयपुरकै गौरवको विषय रहेको छ ।