Thursday, June 18News That Matters

उदयपुरकी एल्जीना राई ‘भ्वाइस किड्स’को लाइभ शोमा प्रवेश

पूर्णपुष्टि,चैत्र २७ । प्रत्यक हप्तामा शुक्रबार र शनिबार हिमालय टलिभिजनबाट प्रसारण् हँदै आएको सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ किड्स’को सिजन–२’को लाइभ शोमा उदयपुरकी एल्जिना राईले प्रवेश पाएका छन् । गएको हप्ताको शुक्रवार टिम प्रमोद खरेललाई प्रतिनिधित्व गर्दै शिक्षा लिम्बु, मिलन सुनार र एज्जिना राईले ‘ब्याटल राउण्ड’मा कुन्ति मुक्तानको “भन्छनुकोहि जिन्दागि यो” भन्ने बोलको गित प्रस्तुत गरेको थियो । टिम प्रमोदले तीनै जनाको प्रस्तुती पछि अन्तत अन्तिम निर्णयमा एल्जिना राईलाई चुनेका थिए ।

जिल्लाको बेल्टारकी १२ वर्षीय एल्जिना राई कुसल गायिका बन्न चाहान्छिन् । उनी भन्छिन्, ‘मेरो बाबाआमाको चाहना र सपना पनि मलाई गायिका बनाउने हो । ‘ब्याटल राउण्ड’सम्म पुग्दा एल्जिनाको प्रस्तुतीले दर्शक र कोचहरुको मन जित्न सफल हुँदै आएकी छन् । सुरिलो र मिठास स्वरकी धनी एल्जिना हाल ८ कक्षामा अध्ययनरत छिन् । त्यसैले अहिले अध्ययन र ‘द भ्वाइस अफ किड्स’ले उनलाई चटारो छ ।