Thursday, June 11News That Matters

उदयपुरको कटारीमा गोली चल्दा कटुवालको मृत्यु

पूर्णपुष्टि, वैशाख ३० गते ।
उदयपुरको कटारी नगरपालिका–१० मा रहेको कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा गोली चलेको छ । शुक्रबार दिउँसो साँढे चार बजेतिर गोली चलेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । गोली लागेर स्वतन्त्र अध्यक्षका उम्मेदवार गौर बहादुर कटुवालको भतिज २२ वर्षीय नवीन कटुवालको मृत्यु भएको छ ।
मतदानको अन्तिम समयमा गोली चलेको जानकारी प्रहरीले जनाएको छ । गोली कस्ले चलायो ? किन चलायो ? केमा विवाद भयो ? सो विवरण आउन बाँकी रहेको छ प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी छ ।