
पूर्णपुष्टि, वैशाख ४
केन्द्रमा चुनावी तालमेल गर्ने निर्णय भएपनि स्थानीय तहमा आकाङ्क्षी बड्दै गएपछि सत्तारूढ दललाइ ब्यबस्थापन गर्न सकस परेको छ । उदयपुर मा गठबंधन गर्न दलहरू सहमत भएपनी सिट बाडफाट लगायतमा सहमति नभएपछि प्रदेश समितिले गरेको निर्णय मान्न सहमत भएका छन । आज बसेको गठबन्धनको बैठकमा गठबन्धन को मोडालिटी , सिट बाडफाट लगायतमा सहमती नभएपछी प्रदेश समितिले गरेको निर्णय मान्ने सहमति गर्दै प्रदेश समिति लाई सो निर्णयको जानकारी गराएका हुन ।
बैठकमा सहभागी माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुरेश राई हिमालले गठबन्धन गर्ने अधिकार प्रदेश समिति लाई दिएको बताए । उनले अगाडि भने” गठबन्धन आबश्यक हो भन्नेमा सबै दल सहमत भएपनी केही प्राबिधिक कुरा मा सहमति हुन नसकेकाले प्रदेश मा पठाउने निर्णय गरेका हो । उदयपुर मा केन्द्र को निर्णय अनुसार गठबन्धन गर्न दलहरू एकमत देखिएका छन् । तर दलभित्रको किचलोका कारण समस्या हुँदै आएको छ ।
