Wednesday, April 22News That Matters

उदयपुरको दुई वडा उपनिर्वाचनमा त्रियुगामा ६५, बेलकामा ६० प्रतिशत मत खस्यो

उदयपुर, मंसिर १६ गते ।
उदयपुरको दुई वडामा उपनिर्वाचन सौहाद्रपूर्वक अाज सम्पन्न भयो । त्रियुगा नगरपालिका १२ नं. वडामा २ हजार ५२७ मत खसेको छ । यो कुलमत ३ हजार ८४७ को ६५ दशमलब ६८ प्रतिशत हो । त्यस्तै बेलका नगरपालिका ९ नं. वडामा १ हजार ८८५ मत खसेको छ । यो कुलमत ३ हजार १३६ को ६० प्रतिशत हो ।
दुई मतदानस्थल, ७ मतदान केन्द्र मध्ये बेलकाको बरपिपल माध्यामिक विद्यालय केन्द्रमा एकसय बर्षका होमबहादुर खत्री र ९७ वर्षिया डम्बरकुमारी भट्टराईलेसमेत मतदान गर्नुभयो । बृद्धबृद्धा, अपांग, अशक्तसमेतले अरुको सहारामा आएर मतदान गरे ।
मतपेटिका संकलन र मतगणना आजै रातीबाट सुरु गर्ने जनाइएको छ । मतदान केन्द्र आसपासमै मतगणनास्थान तयारी गरिएको छ । भोली विहानसम्ममा दुबै वडाको मतपरिणाम सार्बजनिक गर्नेगरी गणना थालिने निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश दिपक कुमार खरेलले बताउनुभयो ।
विहानदेखि नै मतदताले उत्साहपूर्वक मतदान गरेका थिए । मतदानका लागि स्थानीय प्रशासनले सबै सुरक्षा निकाय तैनाथीका साथ खटाएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको तीनघेरामा सुरक्षा ब्यवस्था थियो । मत गणनासमेतका लागि सुरक्षा ब्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।