Wednesday, April 22News That Matters

उदयपुरको दुवै स्थानमा माओवादीको उत्साह जित

पूर्णपुष्टि, १८ मंसिर ।
मंसिर १६ गते भएको उपनिर्वाचनले माओवादी उदयपुरलाई उत्साहित बनाएको छ । त्रियुगा १२ र बेलका ९ मा भएको उपनिर्वाचनको परिणाम माओवादीको पोल्टामा परेपछि उदयपुरमा माओवादीमा खुसी र उत्साह बढेको हो । दुवै वडामा गत ८९ को निर्वाचनमा कांग्रेसले जितेका थिए । यो उपनिर्वाचनमा भने कांग्रेसलाई तेस्रो स्थान र एमालेलाई दोस्रो स्थानमा सिमित गर्दै माओवादीले उत्साह जित निकाल्यो । यसोत माओवादीले उदयपुरमा मात्रै हैन देशभरनै उपनिर्वाचनमा सकरात्मक परिणाम ल्याएको छ ।

उदयपुरको दुई स्थान सँगै नेपालभर ११ स्थानमा माओवादीले जित निकालेको छ । उदयपुरमा भने दुवै वडा गत निर्वाचनमा कांग्रेसले जितेको थियो । यो पटक भने माओवादीको जितले एमाले र कांग्रेस चकितनै खाएका छन् । त्रियुगा १२ का माओवादी उम्मेदवार नविन बान्तावा राईले ९२३ मत ल्याउँदै प्रतिद्धन्दी एमालेलाई ३१५ मतान्तरले पछि पार्दै जित निकालेको हो । यता एमालेको उम्मेदवार लक्ष्मी नारायाण चौधरीेले भने ६०८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार संजिव काफ्लेले ३५९ मत ल्याएर तेस्रो स्थानमा खुम्चिए । उता बेलका ९ मा पनि कांग्रेस तेस्रो स्थानमा रह्यो । माओवादी उम्मेदवार भरत घिमिरेले ५५९ मत ल्याउँदै प्रतिद्धन्दी एमालेका उम्मेदवार मोहन खड्कालाई ३४ मतान्तरले हराए । खड्काको ५२५ मत आउँदा कांग्रेसका नविन वस्नेतको ४०४ मत आएका थिए । दुवै स्थानमा कांग्रेसलाई तेस्रो स्थानमा राखेर माओवादीले चुनाव जितेपछि उदयपुर माओवादीमा उत्साह जागेको माओवादी नेताहरुको ठहर छ । चुनाव जित सँगै माओवादी त्रियुगा नगरकमिटीले वडावासी लगायत सम्बन्धित सबैमा अभार व्यक्तनै गरे । उदयपुरमा मात्र हैन यस उपनिर्वाचनमा माओवादीले देशैभर सकरात्मक परिणाम ल्याएपछि माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरुमा उत्साह देखिएको हो । माओवादीले देशभर १ गाउँपालिका अध्यक्ष, २ उपाध्यक्ष र १ उपमेयर र ७ वडाअध्यक्ष सहित ११ स्थानमा जित निकालेको छ ।