Thursday, June 18News That Matters

उदयपुरको पाँच ठाउँमा जनचेतनामुलक प्रहरी साझेदारी कार्यक्रम

पूर्णष्टि,जेष्ठ १० । उदयपुरको बिभिन्न पालिकाहरुको पाँच ठाउँमा जनचेतनामुलक प्रहरी साझेदारी कार्यक्रम बुधवार सम्पन्न भएको छ । लागु औषध, चेलिबेटी बेचबिखन, बाल यौन दुव्र्यवहार, मानव बेचबिखन तथा सामजिक संञ्जाल ठगी गर्ने जस्ता गाउँ समाजमा हुने गरेको अप्राधिक क्रियाकलाप न्युनिकारण गर्न प्रहरी साझेदारी कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार जिल्लाका बिभिन्न पालिकाहरुमा केहि समय देखि निरन्तर रुपमा सञ्चालन भैरहेको छ । यस्तै रौतामाई गाउँपालिका–६ वालुङ्खा, उदयपुरगढी गाउँपालिका–४, डुम्रे, त्रियुगा नगरपालिका–१५, त्रियुगा नगरपालिका–१३,मा अवस्थित जनता आ.वि.मा र त्रियुगा नगरपालिका–६,जलजले ढाटमा अवस्थित स्थानीयहरुलाई समाजमा हुने गरेको मानव बेचबिखन तथा सामजिक संजालबाट हुने ठगीबारे जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो ।