Saturday, July 25News That Matters

उदयपुरगढीमा आगलागी पिडितलाई आर्थिक सहयोग प्रदान

पूर्णपुष्टि,जेष्ठ ११ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७, हाडेबासका आगलागी पिडितलाई वडा कार्यालयद्धारा आर्थिक सहयोग प्रदान गरेको छ । गत बैशाख २८ गते बिहिवार बिहान ७ः४५ बजे स्थानीय चोक बहादुर मगरको घरमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर सहित ७ गोठ जेलर नष्ट भएको थियो ।

आगलागी पिडित परिवारलाई वडा नं.७ ले ९० हजार बरावरको आर्थिक सहयोग प्रदान गरेको वडाअध्यक्ष भुवन केप्छाकी मगरले जानकारी दिए । उनका अनुसार आगलागीले नष्ट भएको घरलाई वडाकै पहलमा जेसीवी लगाई सरसफाईको कार्य तिव्र पारीएको जनाए । पिडित परिवारलाई नयाँ घर निर्माणको लागि वडाले सक्ने सहयोग गर्ने उनले बताए ।

कृषि मिटर सर्ट भई शुरु भएको आगलागी गाई गोठहुँदै केप्छाकी मगरको घर र गाई जलेर नष्ट भएको थियो । कृषि मिटर सर्ट भई शुरु भएको आगो हावा चलेपछि गाई गोठ हुँदै बाख्रा फर्म, बंगुर फर्म लगायत ७ वटा गोठको काठपात, पराल जलेर नष्ट भएको थियो ।