Tuesday, June 2News That Matters

उदयपुरगढीमा आज बिहानै बसले किचेर एक पुरुषको ठाउँको ठाउँ ज्यान गयो

पूर्णपुष्टि, माघ ४
उदयपुरको उदयपुरगढी गाउँपालिका ५ मा आज विहान करिव ९ बजेको समयमा बसले किच्दा  एक पुरुषको ज्यान गएको छ । पालिकाको घाटे स्थित सानिमा बैँक अगाडी बसले किच्दा ५० बर्षे एक पुरुषको ज्यान गएको हो । ज्यान जानेमा सोहि ठाउँ बस्ने कृष्ण बहादु राई रहेको छ । उदयपुरगढी गाउँपालिका बाट गाईघाट तर्फ आउँदै गरेको ना ३ ख ७९४४ नम्वरको बसले सोहि बसमै सवार यात्रु राईलाई पछाडीको चक्काले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए ।

तरकारी बेच्ने बजार निस्केका राईको तरकारी बिक्रि नभएपछि अन्य बजार नेपालटार लगेर बेन्चे भन्दै गाडी चढेर जाने क्रममा बिच बाटोमै बसले किचेर उनको ज्यान गएको स्थानीय मन कुमार राईले बताए । घटना लगत्तै उयदपुरगढी बाट प्रहरी टोली खटी घटना बारे घटना विवरण तथा अनुसन्धान बारे प्रक्रिया भईरहेको पनि प्रहरीले जनाए । बस चालक रौतामाई गाउँपालिका ७ का अन्दाजी ४० बर्षिय राजन कुमार राउतलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।