
पूर्णपुष्टि, कार्तिक २१ । उदयपुरको त्रियुगा नगरपालिका–८ शाहीखोला पुल स्थितमा गत सोमबार अचेत अवस्थामा फेला परेका एक पूरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मदनभण्डारी राजमार्ग छेउ सडकमा राती साढेँ ७ बजेको समयमा खैरो कलरको भेष्ट, निलो कलरको हाप पाईन्ट लगाएको र गोरो वर्णको मंगोलियन अनुहार भएको करिब ५०÷५५ बर्षीय एक पूरुष अचेत अवस्थामा फेला परेका थिए ।
अचेत अवस्थामा फेला परेका उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा सोही राती करिब ८ बजेको समयमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । हालसम्म उनको पहिचान खुलेको छैन् । शवलाई जिल्ला अस्पताल उदयपुरको शव गृहमा राखीएको छ भने शवको पहिचान कार्य र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
