
पूर्णपुष्टि, बैशाख २५
उदयपुरमा आचारसंहिता उल्लघन गरेको भन्दै उजुरी परेको छ । उजुरी परेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जिल्लामा निर्वाचन आचारसंहिता उल्लघंन गर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएको छ ।
जिल्लामा आचारसंहिता अनुगमन समितिले आज एक विज्ञप्ती जारी गर्दै आचारसंहिता उल्लघंन भएको मौखिक तथा लिखित उजुरी परेकोले समितिले अनुगमनलाई तिव्रता दिने बताएको छ । विज्ञप्तीमा भनिएको छ “मतदानको दिन नजिकिदै जाँदा हुनसक्ने आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्न अबको दिनमा समितिबाट अझ कडाईको साथ विशेष अनुगमन गरी उल्लघंनकर्तालाई कसुरको मात्रा अनुसार उम्मेदवारी रद्ध हुने सम्मको कानुनी वयवस्था स्मरणका लागि पुन सबै सरोकारवालामा हार्दिक अनुरोध गरिन्छ ।
