
पूर्णपुष्टि, भदौ १०
उदयपुरको उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकामा शुक्रबार एकै दिन दुई वटा झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । उदयपुर निर्बाचन क्षेत्र नम्बर दुई ९क० का प्रदेश सांसद नारायण बुर्जा मगरले दुई झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । सांसद मगरले आफ्नो निर्बाचन क्षेत्र अन्र्तगत दुई गाउँपालिकामा निर्माण झोलुङ्गे पुलले विशेषगरी वर्षातमा ज्यान जोखिम मोलेर बाढीमा खोला तर्नुपर्ने समस्या टरेको छ । स्थानीयलाई आवतजावतमा सहज तुल्याएको छ भने बालबालिकालाई विद्यालय धाउन सजिलो भएको छ ।
उदयपुगढी गाउँपालिका ७ अधेरीखोलाको झोलुङ्गे पुल कुल लागत ४५ लाख ६२ लाख ५३७ रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको हो । त्यस्तै अर्को पुल रौतामाई गाउँपालिका वडा नम्बर ७ मुर्कुची बजार नजिक रहेको पुँवारेखोलाको झोलुङ्गे पुल ६१ लाख ५५ हजार ७४३ रुपैया लागतमा निर्माण सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।
६२ मिटर लम्बाई र १ दशमलब ६ मिटर चौडाइको अँधेरी खोला झोलुङ्गे पुल रौतामाई गाउँपालिका–७ र ७० मिटर लम्बाई र १ दशमलब ६ मिटर चौडाईको पुवारेधाप झोलुङ्गे पुल उदयपुरगढी गाउँपालिका–७ मा निर्माण भएको हो । दुबै पुल १ नं। प्रदेश सरकारको लगानीमा उपभोक्ता समितिमार्फत बनेको हो ।
उक्त पुल उद्घाटन समारोहमा जिल्ला सम्वनय समिति उदयपुरका प्रमुख गौरबहादुर बिश्वकर्मा, उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुबन केप्छाकी मगरले मन्तब्य राखेका थिए । कार्यक्रममा वडाध्यक्ष मगरले आफ्नो वडा हाडेबास भुगोलको रुपमा ठूलो रहेकाले अहिले भईरहेको वडा कार्यालय हाडेबास स्कुलको अलाबा अर्को निर्बाचन मतदान स्थलको माग गरेको र उक्त मतदानस्थलले अधेरी लगायतका क्षेत्रका वडा नम्बर ७ बासी ३ घण्टा हिडेर मतदान गर्न जाने समस्या बाट सहज हुने बताए ।
जिल्ला सम्वनय समिति उदयपुरका प्रमुख गौर बहादुर बिश्वकर्माले आफु यहि उदयपुरगढी गाउँपालिकाका स्थानिय भएकाले आफ्नो कार्यकालमा आफ्नो उदयपुरगढी गाउँपालिका र उदयपुर जिल्लाको बिकास निर्माणको कामको सम्वनयमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।
सो पुल उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश सांसद नारायण बुर्जा मगरले आफुले आफ्नो कार्यकालमा आफ्नो निर्बाचन क्षेत्रको तिन वटै गाउँपालिका उदयपुगढी, रौतामाई र लिमचुङबुङ गाउँपालिकाको समग्र बिकासमा लागि परेको बताए । सांसद मगरले आगामी चुनाबमा आफुनै नेकपा माओबादीको आधिकारिक उमेदबार भएकाले सबैलाई भोट मागेका थिए । यस अघि प्राबिधिक समस्याका कारण नेकपा माओबादीको चुनाब चिन्हमा चुनाब लड्न नपाए पनि भर्याङ चिन्हमा सबैले भोट गरी आफुलाई जिम्मेवारी दिएकाले यो पटक नेकपा माओबादी पार्टीको हसिया हटौडा चिन्हमानै निर्बाचनमा भाग लिने बताए ।
आफुले जनताको सेवाको निम्ति संसदमा बोल्ने हरेक समयमा जनताको पहिलो प्राथामिकता खानेपानी, बिधुत, सिचाई, सडकको कुरा उठाएको र सो कार्य आफ्नो निर्बाचन क्षेत्रमा सक्दो सदुपयोग भएको बताए । उनले आफ्नो कार्यक्षेत्रको तिन पालिकाबासीले आगामी केही बर्षमा नेपालटार, उदयपुरगढी, रौतामाई, बाँस्बोटे हुँदै सुनकोशी तरेर हलेसी मन्दिरको दर्शन गरी एकै दिनमा उदयपुरगढी आईपुगिने कार्य पनि भईरहेको सांसद मगरले बताए ।
