Wednesday, April 22News That Matters

उदयपुरमा एन्फा यू – १४ अन्तर विद्यालय फुटवल प्रतियोगिता सुरु

पूर्णपुष्टि, २१ भदौ ।
उदयपुरमा एन्फा यु – १४ अन्तर विद्यालय फुटवल प्रतियोगिता सुरु भएको छ । शनिवार देखी थारुहट रंगशाला गाईघाटमा प्रतियोगिता सुरु भएको हो । उदयपुर जिल्ला फुटवल संघको आयोजना तथा अखिल नेपाल फुटवल संघको समन्वय तथा सहयोगमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको सुरुवाती खेलमा त्रियुगा नमुना मावि गाईघाटले जित सुरुवात गरेको छ । फुस्पान्जली बोर्डिङलाई पेनाल्टीमा १÷० ले हराउँदै जित सुरुवात गरेको हो । टिममा १७ ओटा जिल्लाभरीका विद्यालयहरु सहभागी छन् । खेल २१ गतेदेखी २९ गते सम्म हुने आयोजकले जनाएको छ ।