Sunday, May 3News That Matters

उदयपुरमा कर छली गरी ल्याएको ३००० के.जी. सुपाडी सहित ३ भारतीय नागरिक पक्राउ

पूर्णपुष्टि, फागुन ११ । उदयपुरमा कर छली गरी ल्याएको ३००० के.जी. सुपाडी सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जेलिङ जिल्ला खोरिबारी थाना पानिट्यांकी बस्ने ४४ बर्षीय निलकान्त सिंह, ४४ बर्षीय दुलाल देही र ६४ बर्षीय सन्जय राजबंशी रहेको जिल्ला प्रहरी कर्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार ईप्रका रामपुर ठोक्सिला तथा प्र.चौ. लालबजारबाट खटिएको प्रहरी टोलिले बिहिबार राती ११ बजेको समयमा उनिहरुलाई पक्राउ गरेको हो ।

बेलका न.पा.वडा नं.५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा प्रहरीले चेक जाँच गर्ने क्रममा प्र १–०१–००१ख ४१०३ नम्बरको मात्री भाग्यरेखा यात्रु बाहक बसमा कर छलीगरी ल्याउदै गरेको काचो सुपाडी ५९ बोरामा अन्दाजी ३००० के.जी. बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । सुपाडी सहित पक्राउ परेका उनिहरुलाई कारबाहीको लागी राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।