Thursday, April 30News That Matters

उदयपुरमा काङ्ग्रेस लाई पालिका प्रमुखको सुझाव : फाईदा पुग्ने गरी तालमेल गरौँ

पूर्णपुष्टि, बैशाख ३
नेपाली काङ्ग्रेस जिल्ला समिति उदयपुरले पार्टीका पालिका प्रमुख सग छलफल गरेको छ । पार्टी कार्यालयमा भएको छलफलमा अधिकाङ्स पालिका प्रमुखले पार्टीलाइ फाइदा पुग्ने गरि चुनाबी तालमेल गर्नुपर्ने सुझाव दिएका छन ।

उदयपुरमा काङ्ग्रेसको सङ्गठन बलियो भएपनी केही ठाउमा एक्लैजादा चुनाब हार्नसकिने भएकाले गठबन्धन गर्नुपर्ने राय राखेका थिए।यस्तै उनिहरुले गठबन्धनका लागि पार्टीले अधिकतम लचिलो बनेर सत्ता गठबन्धन जोगाउन आफुहरु तयार रहेको सन्देश दिएका थिए। बैठक मा सहभागी नेपाली काङ्ग्रेसका जिल्ला उप सभापति भिमचन्द्र राइले पालिका प्रमुखले पार्टीको हितमा गठबन्धन गर्नुपर्नेमा जोड दिएको बताउनु भयो। उदयपुर मा नेपाली काङ्ग्रेसमा चुनाबी गठबन्धन गर्ने बिषयमा दुइखाले धारणा छ । सस्थापन पक्ष केन्द्रको निर्देशननुशार जानुपर्ने पक्षमा छ भने कोइराला पक्ष एक्लै चुनाबमा जानुपर्ने अडानमा छन ।