Wednesday, June 10News That Matters

उदयपुरमा कोशी प्रदेश नामाकरण खारेजीको माग सहित बृहत आन्दोलनको तयारी

पूर्णपुष्टि, फागुन २७ । उदयपुरमा पहिचानमुखी जातिय संस्थाहरुले कोशी प्रदेश नामाकरणको खारेजीको माग निरन्तर रुपमा राख्दै आएको छ । प्रदेश सरकारले पहिचान बोकेको प्रदेश नं १ लाई साटाकसुटुक ढंगले कोशी प्रदेश नामाकरण गरेर ईतिहाँसमै उल्लेख गरिएको ठाउँको सभ्यता र पहिचानलाई मेटाउने प्रयास गरेको भन्दै चर्को आन्दोलनको पनि तयारी गरिरहेको छ ।

किरात राई यायोख्खाको नेतृत्वमा आदिवासी जनजाति, तामाङ घेदुङ संघ, शेर्पा संघ, मगर संघ, राजनितिक दलहरु जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा साथै किरात पत्रकार संघ, किरात कलकार संघ लगायत बिभिन्न संस्थाहरु आन्दोलनमा उत्रिने जनाईएको छ ।

शनिवार गाईघाट स्थित किरात राई यायोख्खा जिल्ला कार्यसमितिको अयोजनामा भएको छलफलमा २६ गते शुक्रबार कालो झण्डा देखाईएको थियो भने २७ गते शनिवार राँके जुलुस गरिने २८ गते आईतबार आम हड्ताल र चैत्र ५ गते बिराटनगरमा मुख्यमन्त्री कार्यालय घराउको कार्यक्रम रहेको जनाईएको छ ।