
पूर्णपुष्टि, जेष्ठ २५ । उदयपुरमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारमाथि आक्रमण प्रयास भएको छ । उदयपुरको सदरमुकाम गाईघाटमा बिहिबार पहिचान पक्षधरले उपसभामुख दनुवारको गाडी तोडफोड गर्ने प्रयास गरेका हुन् ।
पहिचानवादीहरुले उपसभामुख दनुवार चढेको गाडीमाथि ढुङ्गा प्रहार गरेका थिए भने उनको गाडीमा लगाईएको झण्डा समेत भाँचिदिएको थियो । प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागी बुधबार तिन सदस्यीय समिति गठन गरेको छ । मंगलबार माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभा बैठक केहि समयका लागी स्थगित गरी वार्ता समिति बनाएका थिए । उक्त समितिको संयोजकमा खानेपानी तथा सिचाइ मन्त्री तिलकुमार मेन्याङ्को छन् ।
