
पूर्णपुष्टि, १२ भदौ ।
उदपुरमा एक महिलाको खेतमा डुवेर मृत्यु भएको छ । घुङ्गि टिप्न गएकी उदयपुरको त्रियुगा नगरपालिका ११ की ५२ बर्षिया तारा भुजेलको बुधबार खेतमा डुबेर मृत्यु भएको हो । घुङ्गि टिप्दाटिप्दै खेतमा ढलेको अवस्थामा भेटिएकी उनलाई अस्पताल लगिएका थिए । तर डक्टरले उनको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईले बताउनुभयो । मृगी रोगले ग्रस्त उनी घुङ्गी टिप्ने क्रममा खेतमा ढलेकी थिईन ।
