
पूर्णपुष्टि, ५ मङ्सिर ।
उदयपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। त्रियुगा नगरपालिका वडा नं. १३ असारी दनुवारी चोकबाट गाईघाट तर्फ आउँदै गरेको स १ त ५७४२ न. को ट्रयाक्टर र विपरीत दिशा तर्फ जादै गरेको प्र १-०५-००१ प ४२७३ न. को मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
सोही मोटरसाईकल पछाडी सवार निजका दुई जना छोराहरु घाईते भएका छन् । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नं. १३ बस्ने वर्ष अ. ४५ को महादेव चौधरी रहेका छन भने सोही मोटरसाइकल पछाडि बस्ने निजका दुई छोराहरु वर्ष अ. १५ को दिवाकर चौधरी र वर्ष अ. १० कृष्ण चौधरीलाई उपचार्थ तत्कालै जिल्ला अस्पताल उदयपुरमा ल्याईएको छ । उपचारका लागि अस्पताल लगिएको बुबाको मृत्यु भएको अस्पतालले घोषणा गरेको हो । मृतक महादेव चौधरीका दुबै छोराहरुलाई प्रारम्भिक उपचार पश्चात थप उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल रेफर गरिएको छ । उपचारमा निज घाईते बालकहरुको आमा मन कुमारी चौधरी संलग्न छन । प्रहरीले ट्रयाक्टर चालक त्रियुगा नगरपालिका वडा नं. १२ बस्ने वर्ष अ. ३२ को राजन बोटे र सह-चालक सोही स्थान बस्ने बस्ने वर्ष अ.२४ को अनिल सदालाई नियन्त्रणमा लिएको छ । त्यस्तै, दुर्घटना भएको उक्त ट्रयाक्टर र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छन् ।
